घरजग्गा कर ३९ करोड असुल, लक्ष्यमा पुग्ने आशा कम
काठमाडौँ–काठमाडौँ महानगरपालिकाले घरजग्गा करको शीर्षकमा चैत मसान्तसम्ममा रु ३९ करोड असुल गरेको छ । यस वर्ष लक्ष्यमा पुग्ने आशा भने कम छ ।
“यस वर्षका लागि रु ५८ करोड लक्ष्य लिएको कामपाले हालसम्म रु ३९ करोड मात्र असुल गरेको छ”, कामपाको राजस्व महाशाखाका निर्देशक राज्यप्रकाश प्रधानाङ्गले भने । निर्देशक प्रधानाङ्गले गत वर्ष रु ५४ करोडको घरजग्गा कर उठाउने लक्ष्य राखिएकामा रु ५२ करोड उठेको थियो । यस वर्षको हालसम्मको अवधिलाई हेर्ने हो भने लक्ष्य भेट्ने आश निकै कम भएको देखिएको छ । अहिलेसम्ममा लक्ष्यनिर नै पुग्नुपर्ने भएपनि भूकम्प र लामो समयसम्म भएको नाकाबन्दीको कारण कर असुलीमा समस्या आएको हो ।
पछिल्लो समय महानगरपालिकाभित्र सञ्चालित होटल क्रमशः करको दायरामा आउन थाले पनि सार्वजनिक संस्थान र ठूला व्यापारिक भवनले भनेझैं कर तिर्न नआएको कामपाले जनाएको छ । कामपाले कर नतिर्नेमाथि कानुनी प्रक्रिया अघि बढाएपछि पछिल्लो समय कर तिर्नका लागि विवरण लिएर भने आउने गरेका छन् । “घर तथा जग्गा कर नतिर्दा महानगरले दिने विभिन्न सुविधा कटौती गर्ने भनेपछि विवरण लिएर आउन थालेका हुन्”, निर्देशक प्रधानाङ्गले भने।
उनका अनुसार महानगरभित्र सञ्चालनमा रहेको सार्वजनिक र व्यावसायिक भवनमध्ये काठमाडौँ मल, काठमाडौँ बिजनेस पार्क, काठमाडौं प्लाजा, साझा भण्डार लिमिटेड, सांस्कृतिक संस्थान र दुग्ध विकास संस्थानले हालसम्म कुनै पनि प्रकारका कर तिरेका छैनन् ।
सार्वजनिक जग्गामा बनाइएका घर व्यापारिक प्रयोजनका लागि उपयोग भएको अवस्थामा जग्गा कर पनि तिर्नुपर्ने हुन्छ । तर यस्ता संस्थान भने सार्वजनिक जग्गाको कर तिर्नुनपर्ने भन्दै आलटाल गरिरहेका छन् । दुग्ध विकास संस्थान सरकारी जग्गामा बनेको भए पनि त्यसले व्यापारिक क्रियाकलापलाई प्राथमिकता दिएका कारण घरजग्गा तथा बहाल कर तिर्नुपर्ने उनले बताए ।
त्यस्तै, सांस्कृतिक संस्थानले नाचघर कम्प्लेक्स व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको हुनाले सो भवनको जग्गा तथा बहाल कर तिर्नुपर्छ ।
साथै, वल्र्ड टे«ड सेन्टरले हालसम्म घरजग्गा कर तिरेको छैन । वल्र्ड ट्रेड सेन्टरको हकमा त्रिभुवन विश्वविद्यालयको जग्गा भएकाले कर तिर्न पर्दैन भन्ने सोचिरहेका छन् । जग्गा सार्वजनिक भए पनि व्यापारिक प्रयोजनका लागि प्रयोग भएकाले त्यसको घर तथा जग्गा कर तिर्नुपर्नेछ । वल्र्ड ट्रेड सेन्टरले हाल बहाल कर मात्र तिर्दै आएको छ । यस्तै, पुष्पाञ्जलि सिनेमा हलले पनि घरजग्गा र मनोरञ्जन कर दुवै तिरेको छैन ।
त्यसैगरी, नेसनल ट्रेडिङ लिले तीन वर्षदेखि कुनै पनि प्रकारको कर नतिरेको महानगरले जानकारी दिएको छ । चावहिलस्थित केएल टावरले हालसम्म कुनै पनि प्रकारको कर तिरेको छैन । यता बानेश्वरको अल्फाबिटाले भने किस्ताबन्दीमा कर तिर्दै आएको छ ।
महानगरपालिकाले कर नतिर्ने व्यावसायिक भवन र संस्थानको चलअचल सम्पत्तिको रोक्का गर्ने, नवीकरण नगर्ने, फोहर नउठाउनेजस्ता कारबाही गर्ने बताएको छ । व्यापार–व्यवसायमा सिलबन्दी, तालाबन्दी, रोक्का गर्ने तथा महानगरपालिकाअन्तर्गत हुने विभिन्न किसिमका कामको सिफारिस नगर्ने लगायतका कारबाही गर्ने राजस्व विभागका धु्रव काफ्लेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण