घर भत्किँदा ज्यान गयो
बिहीबार, १३ जेठ २०७३, १० : १४
बैतडी - वर्षासँगै आएको बाढीले घर भत्किँदा बैतडीको कुलाउमा गएराति एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लक्ष्मण शाहीका अनुसार कुलाउ–४ गुङरीका करनसिँह साउदकी ३४ वर्षीया श्रीमती कलावती साउदको ज्यान गएको हो । बुधबार राति अविरल वर्षासँगै आएको बाढी घरभित्र पस्दा घर भत्केको र घरको छतले च्यापिएर कलावतीको मृत्यु भएको बताइएको छ ।
घर भत्किँदा साउदले पालेका एक गाई र नौ बाख्रा पनि मरेका छन् । घटना राति भएकाले थप विवरण आउन बाँकी रहेको बताइएको छ । घटनास्थलमा राति नै प्रहरीको टोली पुगिसकेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए । खेत घट्टहरु बगाएका विवरण पनि आउन थालेको र घटनाका विवरण सङ्कलन भइरहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।
–––––
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण