बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

फुटबलर विमल घर्तीकी बहिनी मृत फेला

बिहीबार, १३ जेठ २०७३, १० : ५६
बिहीबार, १३ जेठ २०७३

काठमाडौं – राष्ट्रिय फुटलब टोलीका सदस्य बिमल घर्ती मगरकी बहिनी आफ्नै घरमा मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मनिषा घर्ती बर्दघाट-८ भुताहस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन् ।

प्रहरी टोली अहिले घटनास्थल पुगेको र अनुसन्धान भइरहेको जिप्रकाले जानकारी दिएको छ ।

  बर्दघाटका इन्सपेक्टर श्याम कृष्ण केसीका अनुसार मनिषाकी आमा हिजो राती घरमा छोरीलाई एक्लै छाडेर बुटवल गएको र आज बिहान घर फर्कदा छोरी मृत अवस्थामा फेला परेको जानकारी दिए । उनको शव अस्पताल पुराइएको र पोस्टमार्टम पछि मात्र थप जानकारी दिन सकिने प्रहरीले बताएको छ । विमालका बुवा होम बहादुर थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप