बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कृष्ण सेनको स्मृतिमा प्रभातफेरी, हत्यामा संलग्नमाथि कारबाहीको माग

बिहीबार, १३ जेठ २०७३, ११ : ३३
बिहीबार, १३ जेठ २०७३

काठमाडौं–पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकको स्मृति दिवसको अवसरमा बिहिबार काठमाडौंमा प्रभातफेरी गरिएको छ । विहान ७.३० वजे शुरु भएको प्रभातफेरी बागवजार, पुतलीसडक हुदैं सेनको हत्या गरिएको स्थान भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लब अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै सेनकी जीवनसाथी तक्मा केसीले हत्याको १४ बर्ष पुग्दा समेत हत्याको सत्यतथ्य छानबिन नहुनु दुःखद भएको बताइन् । सेनका हत्यामा संलग्नहरुको किटान भइसकेको अवस्थामा पनि आफ्नै पार्टीको सरकारले कार्वाही गर्न नसक्दा सहिद परिवारमा पार्टी प्रति नै बितृष्णा उत्पन्न हुने अवस्था सिर्जना भएको उनले गुनासो गरिन् । त्यस्तै सभाका विशिष्ट अतिथी नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सेन सबै पत्रकारको गुरु भएको बताए । आस्था र निष्ठाको पत्रकारिता गरेका सेनवाट सबै पत्रकारले सिक्नुपर्ने बताउँदै बिष्टले सेन सबैको आदर्शको पात्र भएको टिप्पणी गरे । क्रान्तिकारी पत्रकार संघ नेपालका संयोजक गोविन्द आचार्यले माओवादी पार्टीवाट मन्त्री भएकाले समेत सेनका हत्यारालाई बढुवा गर्दै पुरस्कृत गरिरहेको आरोप लगाए । उनले गृहमन्त्री शक्तिबहादुर बस्नेतको ठाडो आदेशमा समाचार लेखेको र फोटो खिचेकै आधारमा पत्रकार पक्राउ गरेको आरोप लगाउँदै गणतन्त्रमा पनि पूर्ण प्रेस स्वतन्त्रता लागु नभएको गुनासो गरे । सो अवसरमा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउने, क्रन्तिकारी पत्रकार महासंघका संयोजक कुमार दाहाल, प्रेस सोसाइटीका अध्यक्ष केशव अर्याल, रिर्पोटस क्लवका अध्यक्ष ऋषि धमला लगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै पत्रकार सेनको हत्यामा संलग्नहरुलाई कार्वाही गर्न सरकारसँग जोडदार माग गरेका थिए । सोही अवसरमा सेनका सहयात्री पत्रकार निम बहादुर वुढाथोकीलाइ यसबर्षको कृष्णसेन स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको संचालन क्रान्तिकारी पत्रकार संघका संस्थापक सदस्य ओम शर्माले गरेका थिए ।

.

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप