बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रहरीद्वारा राजधानीमा निःशुल्क बस सेवा, यस्तो छ रुट

बिहीबार, १३ जेठ २०७३, ११ : ४२
बिहीबार, १३ जेठ २०७३

काठमाडौं–यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै नेपाल प्रहरीले बिहिबार निःशुल्क बस सञ्चालनमा ल्याएको छ । ट्राफिक कारबाही शुल्क बृद्धि गरिएको विरोधमा यातायात व्यवसायीहरुले चक्काजाम गरेको सन्दर्भमा प्रहरीले सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै २ ओटा बस निःशुल्करुपमा सञ्चालनमा ल्याएको हो ।

ती बसहरु बेलुकी ५ बजेसम्म सञ्चालनमा रहने प्रहरीले जनाएको छ । यस्तो छ रुट रुट नम्बर १ नक्साल, जयनेपाल, पुतलीसडक, माइतीघर, थापाथली, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, रवीभवन, कालिमाटी, त्रिपुरेश्वर, नागस्थान, न्युरोड गेट, जमल, महेन्द्र शालिक, दरवारमार्ग, जयनेपाल सिनेमाहल हुँदै नक्साल । रुट नम्बर २ नक्साल, लोत्सेचोक, ज्ञानेश्वर, रातोपुल, गौशाला, एयरपोर्ट, सिनामंगल, कोटेश्वर तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, नागेस्थान, न्युरोड गेट, जमल, लैनचौर, लाजिम्पाट, पुलिस एकेडेमी, नारायण गोपाल चोक, पुलिस एकेडेमी, बालुवाटार हुँदै नक्साल ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप