पार्टी एकता प्रचण्ड प्रधानमन्त्री बन्ने खेल : गजुरेल
इटहरी– नेकपा–माओवादी (क्रान्तिकारी) का नेता सीपी गजुरेलले दशवटा माओवादी समुह मिलेर बनेको नेकपा माओवादी पार्टी (केन्द्र) प्रचण्ड प्रधानमन्त्री बन्ने खेल मात्र रहेको बताएका छन् । पार्टी एकता मात्र क्रान्तिकारीको समुह बनाई निर्वाचनमा जाने र आफू फेरि देशको प्रधानमन्त्री बन्ने पुष्पकमल दाहालको षडयन्त्र मात्र रहेको बताए । गजुरेलले प्रचण्डको ठुलै डिजाइनमा पार्टी एकता गरेको बताउदै नेकपा–माओवादी (क्रान्तिकारी) बिचार नमिलेपछि कुनै हालतमा आत्मसमर्पण नगरेको बताए । नेकपा माओवादी पार्टी (केन्द्र) बास्ताविक माओवादीको एकता नभएर जनतालाई धोका दिने मात्र कार्य भएको बताए । गजुरेलले हिजो तिनै व्यक्तिहरुलाई लाल गद्दार भन्नेहरु आज उनीहरुसँगै आत्मसर्मपण गर्न गएको आरोप समेत लगाए । सुनसरीको इटहरीमा संञ्चारकर्मीहरु सँग कुरा गदै गजुरेलले रामबहादुर थापा लगायतले पार्टी फुटाएको नभई आत्मसमर्पण गरेर एकतामा गएको दाबी गरे । प्रचण्डले बादललाई पार्टीमा ‘कु’ गर्न लगाई एकता गर्न लगाएको गजुरेलको आरोप छ । दश मओवादीको एकताबाट बनेको केन्द्र कुनै कम्युनिष्ट पार्टी नै नभएको बताउदै जनतालाई दिउँसै रात पार्ने खेल मात्र भएको गजुरेलको दाबी छ । । राष्ट्रिय स्वाधिनता बेरोजगारीको अन्त्य महङ्गीका चाप र संविधानमा उठेका विवादका मुद्दालाई समाधान दिनका लागि फेरी पनि ठूलै धक्का दिनु पर्ने कुरामा जोड दिए । पार्टि फुटेपछि भौतिक हिसाबमा केही कमजोर देखिए पनि बैचारिक हिसाबमा भने मजबुत भएको दावी समेत गरे । नेता गजुरेलले राष्ट्रिय सम्मेलन मार्फत पुन पार्टिलाई पुर्नगठन गर्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण