बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सदरमुकाममै काम गर्दैन नेपाल टेलिकमको नेटवर्कले

बिहीबार, १३ जेठ २०७३, १३ : २०
बिहीबार, १३ जेठ २०७३

गुल्मी – गुल्मीको सदरमुकाम , त्यस माथी रेसुङ्गा नगरपालिका बनेको पनि दुई वर्ष बित्यो तर यसै सदरमुकाम र नगरपालिका भित्रैका कतिपय स्थानमा नेपाल टेलिकमको नेटवर्कले कामै गर्दैन । रेसुङ्गा नगरपालिका ८ को भुजेलखर्क तल तम्घास वजार नजिकै छ र उचो स्थानमा पनि रहेको छ । जहाँ रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिको कार्यालय रहेको छ । त्यस कार्यालयमा रहेको सिडीएमए टेलिफोन सेट राखिएको छ । त्यसमा कहिल्लै फोन टिप्दैन र नमस्ते मोवाईल प्रयोगकर्ता त्यहाँका कर्मचारीको फोन पनि टिप्दैन् । यसरी नपाल टेलिकमको मोवाईल फोन बोकेर विहान १० वजे घरबाट हिडेका त्यस कार्यालयका कर्मचारी साँझ कार्यालय समय सम्म सम्पर्क विहिन हुनु परेपछि अन्य कम्पनीका सिम प्रयोग गर्न बाध्य छन् । कार्यालयका प्रवन्ध निर्देशक नरेश भण्डारी भन्छन्–‘ अर्को सेटमा पटक्कै फोन नलागेपछि सिडिएमए सेट राखियो, त्यसले पनि काम गरेन , नत हामीहरुले प्रयोग गर्दै आएको नमस्तेको सिमले काम गर्छ ’ उनले थपे–‘ त्यसैले सम्पर्क विहिन हुनु पर्ने अवस्था आएर अन्य सिम प्रयोग गर्ने गरेका छौं ।’ त्यस कार्यालयका कर्मचारीहरुले जस्तै त्यहाँका छिमेकीहरुले यस्तो समस्य खेप्दै आएका छन् । वडा नम्वर ८ कै सिस्न्यारा गाउँ लगायत रेसुङ्गा नगरािलका भित्रका यस्ता थुप्रै स्थानमा नेपाल टेलिकमका टेलिफोनहरुले सितीमिती काम गर्दैनन् । यस सम्वन्थमा नेपाल टेलिकम गुल्मी शाखा प्रमुख उमानाथ पोखरेल संग सम्पर्क राख्दा भौगोलिक वालतवरणले गर्दा त्यस्तो भएको बताए । उनले भने–‘ त्यही भौगोलिक कण्डीशनलाई ध्यानमा राखी सदरमुकामका कतिपय स्थानमा नटिप्ने फोनलाई टिप्ने बनाउनका लागि अर्खाखाँची र गुल्मीको सिमानामा पर्ने वरेलडाँडामा टावर निर्माण गर्दैछौं ।’ उनले टावर निर्माण कार्य स्रु भई सकेको र अव दुई महिना भित्रमा बने पछि यो समस्या टर्ने बताए । गुल्मीमा नेपाल टेलिकमले २०३३ सालबाट आकाश वाणी सेवा र २०४५ साल देखि सिडिएमए र नमस्ते मोवाईल सेवा सुरु गरेको शाखा प्रमुख पोखरेलले बताए । यसरी आज झण्डै ३० वर्ष सम्म पनि टेलिकमले आफ्नो सेवालाई सहज बनाउन नसक्नु लज्जास्पद कुरा भएको भन्दै उपभोक्ताहरुले आलोचना गर्ने गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप