बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

माओवादी केन्द्रको जिल्ला तहमा खैलाबैला : अध्यक्ष बनेनन्, सचिव बने केन्द्रीय सदस्य !

बिहीबार, १३ जेठ २०७३, १३ : ४२
बिहीबार, १३ जेठ २०७३

धादिङ– छरिएर रहेका माओवादीहरु एकता भई बनेको नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा जिल्ला अध्यक्ष नपरेर जिल्ला सचिव परेका छन् ।

एमाओवादी धादिङका जिल्ला अध्यक्ष रामबहादुर भण्डारी नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा नबन्नु र सचिव धनबहादुर बुर्लाकोटी केन्द्रीय सदस्य बन्नुमा सामाजिक सञ्जालहरुमा तीब्र विरोध भएको पाइन्छ ।

भण्डारी दुई छोरा बेपत्ता पारिएका युद्धकालीन घाईते हुन् । उनी ०५२ सालदेखि निरन्तर पार्टीमा पूर्णकालिन भै काम गर्दै आएका नेता हुन् । २०३५ मै पार्टी सदस्यता लिएका भण्डारी २०५१ सालबाट पुर्णकालीन भएर कम्युनिस्ट आन्दोलनमा लागेका थिए । २०५५ सालमा प्रहरीको गोली लागि घाइते भएका भण्डारी त्यसपछि ५ वर्ष जेलमा बसे । जेलबाट छुटेपछि उनी निरन्तर पाँच वर्ष धादिङ जिल्लाको सहइन्चार्ज भई काम गरे । उनी २०७१ देखि धादिङ जिल्ला पार्टीको अध्यक्षका रुपमा निरन्तर क्रियाशिल छन् ।

उनी भन्दा तल्लो वरियताका जिल्ला सचिवलाई केन्द्रीय सदस्य बनाएपछि धादिङमा ठूलो विवाद सिर्जना भएको छ । त्यसको विरोधमा जिल्लाका अधिकांश जवस मोर्चाका अध्यक्ष र सम्पूर्ण जसो जिल्ला समिति सदस्यहरुले सामुहिक राजीनामा दिने तयारी गरिरहेका छन् ।

भण्डारीले एउटै जिल्लाबाट सचिव केन्द्रीय सदस्य हुने तर अध्यक्ष नहुने पार्टीले लिएको यो निणर्यहरुले आफूहरु आश्चर्यमा परेको समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप