जङ्गली च्याउ खाँदा बालिकाको मृत्यु, चारजना सिकिस्त
बिहीबार, १३ जेठ २०७३, १४ : १६
पाँचथर– जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा जिल्लाको आङ्ना– १ की एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पदममायाँ माङ्लाककी पाँच वर्षीया छोरी सोनी रहेकी छिन् ।
उनको स्थानीय स्वास्थ्य चौकी मौवामा उपचार सम्भव नभएपछि गएराति झापाको दमकस्थित लाइफलाइन हस्पिटल लगिएको थियो । उनको सोही अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।
बिरामी हुनेहरुमा पदममायाँ, उनकै छोरा १६ वर्षीय रामप्रसाद, १३ वर्षीया छोरी कविता, आठ वर्षीया छोरी मनुषा रहेका छन् । उनीहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पदममायाँ मालाङ्कले जङ्गलबाट जङ्गली च्याउ ल्याएर खाँदा परिवार नै बिरामी परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण