संसदमा चार प्रतिवेदन पेस
बिहीबार, १३ जेठ २०७३, १४ : १९
काठमाडौँ-व्यवस्थापिका–संसद्को आजको बैठकमा विभिन्न चार प्रतिवेदन पेस गरियो ।
अर्थ समितिका सभापति प्रकाश ज्वालाले ‘निक्षेप तथा कर्जा सुरक्षण कोष विधेयक, २०७२ र ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७२’ सम्बन्धी प्रतिवेदन पेस गर्नुभयो ।
त्यस्तै महिला बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले ‘शिक्षा (आठौँ संशोधन) विधेयक, २०७२ सम्बन्धी समितिको प्रतिवेदन’ र सुशासन तथा अनुगमन समितिका सभापति मोहनसिंह राठौरले ‘सार्वजनिक खरिद (पहिलो संशोधन) विधेयक, २०७२ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नुभयो ।
आर्थिक सर्वेक्षण पेस
यसैगरी संसदको आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०७२÷७३ को आर्थिक सर्वेक्षण पेस गर्नुभयो ।
प्रतिवेदनमा सार्वजनिक संस्थानहरुको आर्थिक अवस्था, मन्त्रालयगत प्रगति प्रतिवेदन समावेश गरिएको छ ।
संसद्को अर्को बैठक यही जेठ १४ गते दिनको २ बजे बस्नेछ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण