बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

फुटबलर बिमलकी बहिनीको ‘हत्या’मा संलग्न भएको आशङ्कामा एक युवा पक्राउ

बिहीबार, १३ जेठ २०७३, १४ : ३४
बिहीबार, १३ जेठ २०७३

कावासोती- फुटबलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको ‘हत्या’ गरेको आशङ्कामा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । गएराति नवपलरासीको बर्दघाट–८ पञ्चनगरस्थित घरमा एक्लै रहेकी उनी बिहीबार बिहान घरभित्र मृत फेला परेकी थिइन् ।

आमा अघिल्लो दिन कामका लागि बुटवल गएर बिहान घर फर्कंदा घरमा छोरी मृत भेटिएपछि आफन्त र प्रहरीलाई खबर गरेकी थिइन् । उनी मृत भेटिएको खाटमा रगतका दाग भेटिएको प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र चौधरीले जानकारी दिए । टेबुलमा खुट्टा र आधा शरीर खाटमा रहेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । बेलुका ८/९ बजेतिर घटना भएको हुन सक्ने एसपी चौधरीले बताए ।

पक्राउ परेका दुवैजनालाई प्रहरीले अनुसन्धान थालेको छ बेलुकासम्ममा यथार्थ कुरा बाहिर आउँछ प्रहरी उपरीक्षक चौधरीले भने – “परीक्षणका लागि अस्पतालमा शव ल्याएका छौँ आत्महत्या हो कि कर्तव्य हो पत्ता लाग्छ ।” उनको शव पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा राखिएको छ ।

मनिषाको शव फेला परेपछि उनका आफन्त र साथीहरु शोकमा परेका छन् । उनी न्यूलाइफ उच्च मावि बर्दघाटमा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप