बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

किरण भण्डारीको  'मर्दको बोली' रिलिज

बिहीबार, १३ जेठ २०७३, १४ : ४५
बिहीबार, १३ जेठ २०७३
सिड्नी–अस्ट्रेलियामा रहेर संगीत साधनामा लागेका  किरण भण्डारीको  “मर्दको बोली राम्रो कि राम्रो ज्यान, आफ्नो त केहीपनि छैन छ है राम्रो मन…” बोलको गीतको भिडियो रिलिज भएको छ । भण्डारीको शब्द र सङीतमा ईश्वर थापाले स्वर दिएका छन् भने म्युजिक भिडियोमा समि र अस्मिताले अभिनय गरेका छन् । प्रबिण महर्जनको निर्देशनमा  भिडियोको निर्माण अष्ट्रेलियामै गरिएको हो  । भण्डारीको ठट्यौली पाराको शब्द च्यनमा अभिनायकर्ता समि र  अस्मिताले पनि न्याय गरेको देखिन्छ ।  म्युजिक भिडियोको छायान्कन   अमित सेन्चुरी र प्रविन श्रेष्ठले  गरेका हुन् । थन्द्डर्स्ट्रोम  रेकार्डसको  प्रस्तुती  रहेको  उक्त  गीतलाई  म्युजिक  नेपालले    बजारमा  ल्याएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप