चक्काजाम तोड्दै साझा बस चल्न थाल्यो
बिहीबार, १३ जेठ २०७३, १४ : ५५
ललितपुर–यातायात ब्यवसायी राष्ट्रिय महासंघले ट्राफिक नियम उल्लंघन गरेमा लाग्ने शुल्क बढाएको भन्दै बिहीबार बिहानैदेखि चक्काजाम गरेपनि उपत्यकामा साझा बस चल्न थालेको छ । मध्यान्ह साँढे १२ बजेबाट साझा बस चल्न थालेको हो । ललितपुरको जावलाखेल देखि नारायणगोपाल चोक सम्म ८ ओटा साझा बस चल्दा सयौं यात्रुहरुले ठुलो राहतको महशुस गरेका छन् । ललितपुरका ट्राफिक प्रहरी इन्सपेक्टर सिताराम हाछेथुका अनुसार साझाले सुरक्षाकर्मीसहित साझा बस सञ्चालनमा ल्याएको छ । यातायात ब्यवसायीहरुले ट्राफिक प्रहरी शुल्क रु २५ देखी २०० सम्मलाई जेठ १ गतेदेखि लागु हुनेगरी न्युनतम पाँचसय देखी एक हजार पाँच सय सम्म पुर्याएको भन्दै विहानैदेखी चक्काजाम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण