बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रहरी नियन्त्रणमा रहेका आशिष चौधरीले भने, ‘विमलकी बहिनी मेरी गर्लफ्रेन्ड थिइन्’

बिहीबार, १३ जेठ २०७३, १५ : २३
बिहीबार, १३ जेठ २०७३
[caption id="attachment_52728" align="alignleft" width="840"]  मृतक मनिषा, उनकी आमा र बिमल बायाँबाट क्रमश । फाइल फोटो[/caption]

काठमाडौं–नेपाली फुटबल टिमका स्ट्राइकर विमल घर्तिमगरकी बहिनी मनिषाको हत्या आशंकामा प्रहरी नियन्त्रणमा रहेका आशिष चौधरीले मनिषा आफ्नी प्रेमीका भएको दावी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी राजेन्द्र प्रसाद चौधरीका अनुसार वास्तविक नाम रुद्र नारायण चौधरी भएका आशिषले त्यस्तो दावी गरेका हुन् । ‘उसले मेरो गर्लफ्रेन्ड हो भनेको छ, हामी अनुसन्धान गरिरहेका छौं’, एसपी चौधरीले भने । ११ कक्षामा अध्ययनरत १७ बर्षिया मनिषाको शव विहीबार विहान नवलपरासीको बर्दघाट नगरपालीका–११ स्थित आफ्नै घरमा फेला परेको थियो । घरको खाटमा मृत अवस्थामा फेला परेको उनको शव पोष्टमार्टका लागी राजधानीको टिचीङ अस्पताल पठाउन लागिएको एसपी चौधरीले जानकारी दिए । स्थानीयहरुका अनुसार आशिष र मनिषाको घरका दुरी धेरै टाढा छैन ।

राजमार्ग छेउमा घर भएका आशिषले मंलबार साँझ नौ बजेतिर मनिषालाई फोन गरेर ‘आज जे पनि हुनसक्छ’ भन्दै धम्की दिएका थिए । घटना भएको रात मनिषाकी आमा बैंकको कामले वुटवल गएकी थिइन् । उनकी हजुरवुवा भने औषधी लिनका लागि चितवन गएका थिए । मनिषा घरमा एक्लै रहेको कुरा थाहा पाएका आशिष राती नै उनको घरमा पुगेर झगडा गरेको छिमेकी विकास गुरुङले बताए । प्रहरीका अनुसार झगडा गरेर आशिष बाहिरीएका थिए भने भोलिपल्ट (आज बिहान) बिहान घाँटीमा निलडाम लागेको अवस्थामा मनिषाको शव फेला परेको थियो ।

एसपी चौधरीका अनुसार मनिषाको घाँटीमा पासोले कसेको हुनसक्ने अनुमान गरिएको छ । चौधरी भन्छन्, ‘घाँटीमा पासोले कसेको हुनसक्छ, पोष्टमार्टमको रिपोर्ट नआइ थाहा हुँदैन ।’

स्थानीयहरुका अनुसार आशिष चौधरी र मनिषा प्रेम सम्वन्धमा रहेकोबारे दुवै पक्षका परिवार जानकार थिए । आपसी विवादमा हत्या भएको हो वा योजनाबद्ध हत्या हो भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो पनि छुट्यो कि !

फुटबलर बिमलकी बहिनीको ‘हत्या’मा संलग्न भएको आशङ्कामा एक युवा पक्राउ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप