बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

धुर्मस–सुन्तलीको महत्त्वाकांक्षी ‘प्रोजेक्ट’मा सिटी एक्सप्रेसको साथ

बिहीबार, १३ जेठ २०७३, १५ : ४२
बिहीबार, १३ जेठ २०७३

काठमाडौं–हाँस्यकलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको ‘धुर्मुस–सुन्तली’ फाउन्डेशनका लागि सहयोग उपलब्ध गराउन सिटी एक्सप्रेस मनी ट्रान्सफरले पहल थालेको छ ।

भूकम्प पिडितहरुलाई नयाँ आवास उपलब्ध गराउने उद्देश्यले विगत एक वर्षदेखि नै कट्टेल दम्पती सक्रिय छन् । यो दम्पत्तीले सिन्धुपाल्चोकको गिरान्चौरमा बनाउन लागेको एकीकृत नमूना बस्तीका लागि सिटी एक्सप्रेस मनी ट्रान्सफरले १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ बिहिबार सहयोग गरेको छ। सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले विगतमा धुर्मुस सुन्तलीले समाजसेवामा देखाएको लगाव, प्रतिवद्धता र समपर्णका कारण उनीहरुको महत्वाकांक्षी योजनाका लागि सहयोग उपलब्ध गराएको बताए । उनल धुर्मुस सुन्तली फाउन्डेशनलाई सहयोग उपलब्ध गराउँन पाउँदा गर्व महसूस गरेको उनले बताए ।

अरु के भने टण्डनले ?

- धुर्मुस् सुन्तलीले केवल कलाकारिताबाट मात्रै हाँसो छर्नुभएको छैन । उहाँहरुले दुःखमा रहेका नेपाली जनताको मनमा असली खुसी ल्याउनका लागि अहोरात्र मेहिनत गर्नुभएको छ । - सकारात्मक सोच राखेर अघि बढ्ने हो भने समाज परिवर्तनका लागि हामीले धेरै काम गर्न सक्छौ भन्ने उदाहरण यो जोडीले पेश गरेको छ । सबैले मिलेर सहयोग गर्यौ भने समाजसेवामा उहाँले चालेको कदम सफल हुनेछ ।

के भने सिताराम उर्फ धुर्मुसले ?

- गत साल हामीले काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १६ स्थित डाडाँगाउँमा पर्ने पहरे बस्तीमा एकिकृत नमूनाबस्ती निमार्ण गरी अल्पसंख्यक पहरी जातिलाई हस्तान्तरण गर्यौ । - यस वर्ष हामीले सिन्धुपाल्चोकको गिरान्चौर एकिकृत नमूना बस्ती निमार्णका लागि काम थालेका छौ । सहयोगी हातहरु निस्वार्थ भावनाका साथ आउनुभएको छ र सहयोगका लागि हामी उहाँहरुलाई हृदयदेखी नै धन्यवाद दिन्छौ । - दशैँसम्म ७५ वटा घर बनाएर घटस्थापनाको दिन हस्तान्तरण गर्ने मेरो लक्ष्य छ । यसका लागि सिटी एक्सप्रेसबाट प्राप्त १५ लाखबाहेक ६० लाख जम्मा भइसकेको छ । विदेशबाट थप केही सहयोग प्राप्त भएको छ । तर त्यो हाम्रो खातामा आइसकेको छैन । चाडैँ हाम्रो खातामा त्यो रकम जम्मा हुनेछ । यसरी यो परियोजनाका लागि ४ करोड लाग्ने हाम्रो अनुमान छ । - हाम्रो योजना क्लिन सिटी निमार्ण गर्ने हो किनकी भूकम्पपछि हामीलाई नवनिमार्णको अवसर प्राप्त भएको छ । म प्राय विदेश भ्रमणमा जाँदा साना र व्यवस्थित घरहरु देखेर नेपालमा पनि यस्तै घर निमार्ण गर्न पाए हुन्थ्यो भन्ने सोच्थ्ये । भूकम्पपछि हामीलाई त्यस्ता वातावरणमैत्री घरहरु बनाउने अवसर छ । यसका लागि सबै एकजूट हुन आवश्यक छ । - मेरो लक्ष्य भूकम्पबाट प्रभावित १४ वटै जिल्लामा कम्तिमा पनि एउटा बस्ती बसाल्ने हो । त्यसका लागि अथक मेहिनत गरिरहेको छु । म राती समेत निदाउन सकेको छैन । - कलाकारीताजस्तै मलाइ अहिले समाजसेवाको नशा लागेको छ । तर यसको अर्थ म कलाकारिता नै छाड्छु भन्ने होइन । कलाकारितालाई माध्यम बनाएर समाजसेवामा होमिएको हुँ ।

के भनिन् कुन्जा घिमिरे उर्फ सुन्तलीले ? - भूकम्प आएको दिन हामी अमेरिकामा थियौँ । भूकम्प आएको समाचार थाहा पाएपछि मन धेरै रोयो । त्यतिबेला हामीसँग हाम्रो देश थिएन । सरसफाई दूत बनेर अमेरिका गएका हामी १७ लाख लिएर फर्कियौँ । - त्यही पैसाबाट हामीले पहिलो चरणमा भूकम्प पिडितका लागि टेन्ट, खाद्यान्न, औषधी लगायतको व्यवस्था गर्यौ । दोस्रो चरणमा हामीले सिन्धुपाल्चोकको पिपलडाँडामा केही शौचालय निमार्ण गर्यौ । - नुवाकोटको ओखरबोटमा विद्यालय र ३ गाविसमा शौचालय निमार्ण गरिसकेपछि हामीसँग कोषमा केवल २ लाख बाँकी थियो । - हामी काभ्रेको पहरी बस्तीमा पुग्यौँ र त्यहाँ नमूना बस्ती बनाउने क्रममा अन्य थुपै्रले हामीलाई सहयोग गर्नुभयो । - अहिले अर्को बस्ती बसाल्नुपर्यो भन्ने सोचका साथ गिरान्चौरलाई रोज्यौँ । मलाई लाग्छ सकारात्मक सोचेर अघि बढ्ने हो भने हामीले देश विकास गर्न सक्छौ । सिटी एक्सप्रेसले हाम्रो यस काममा जसरी सहयोग गर्नुभएको छ , उहाँहरुलाई हृदयदेखी नै धन्यवाद दिन चाहन्छु । पैसाको पछि मात्रै लाग्ने थुप्रै व्यक्ति र संस्थाहरु पनि हाम्रै देशमा छन् । तर सिटी एक्सप्रेस मनी टान्सफरले व्यवसायसँगै समाजसेवामा पनि जून योगदान गरेको छ , त्यो सराहनीय छ । व्यवसायसँगै समाजसेवामा सक्रिय सिटी एक्सप्रेस

- सिटी एक्सप्रेस मन टान्सफर २०६४ सालमा स्थापना भएको रेमिट्यान्स कम्पनी हो । वैदेशिक रोजगारीमा जानेहरुले पठाएको पैसालाई यस कमपनीले सरल तथा सुलभ तवरले आफन्तसमक्ष पुर्याउने काम गर्दै आएको छ । - व्यवसायका अतिरिक्त यस कम्पनी समाजसेवामा पनि उत्तिकै सक्रिय छ । यसअघि सुनकोशी बाढी पिडितहरुका लागि पनि यो कम्पनीले राहत वितरण गरेको थियो । - भूकम्पपछि नुवाकोटको लिखु गाविसमा यस कम्पनीले झन्डै ५ सय घरका लागि १० लाख मुल्यबराबरको खाद्यान्न वितरण गर्यो । सिटी एक्सप्रेसले पशुपतिनाथ मन्दिर परिसरमा भूकम्प प्रतिरोधी नमून शौचालय निमार्ण गर्दै पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप