एकीकृत जलस्रोत व्यवस्थापनमा अस्ट्रेलियाले सहयोग गर्ने
काठमाडौँ - मुलुकको एकीकृत जलस्रोत व्यवस्थापन वैज्ञानिक ढङ्गले गर्न अस्ट्रेलिया सरकारले प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ ।
जल तथा ऊर्जा आयोगको सचिवालय, विद्युत् विकास विभाग, खानेपानी तथा सरसफाइ मन्त्रालय, जल उत्पन्न प्रकोप नियन्त्रण विभागको उच्चस्तरीय प्रतिनिधिमण्डलले हालै सम्पन्न गरेको अस्ट्रेलिया भ्रमणका क्रममा सहयोगसम्बन्धी प्रक्रिया अगाडि बढाउने विषयमा कुराकानी भएको हो ।
विशेष गरी अस्ट्रेलिया सरकारले कोसी नदी बेसिनलाई नमुना परियोजनाका रुमपा अगाडि बढाउने र सोही आधारमा अन्य नदी बेसिनको समेत अध्ययन गर्ने विषयमा चासो देखाएको छ । नेपालको जलस्रोत क्षेत्रमा कार्यरत कर्मचारी तथा प्राविधिकहरुको क्षमता अभिवृद्धि गर्ने तथा उनीहरुलाई पोख्त बनाउने विषयमा समेत लगानी गर्ने जानकारी प्रतिनिधिमण्डललाई गराएको जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव केशवध्वज अधिकारीले राससलाई जानकारी दिए ।
नेपालको जलस्रोत क्षेत्रको एकीकृत अध्ययन गर्नेसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा अस्ट्रेलिया सरकार र नेपाल सरकारबीच हस्ताक्षर भइसकेको छ । विद्युत् विकास, ऊर्जा उत्पादन, खानेपानी सिँचाइ तथा जलस्रोतका अन्य पक्षहरुका बारेमा खासै चर्चा परिचर्चा नभएको तथा ऊर्जा उत्पादन र खानेपानीमा मात्रै नेपालको जलस्रोत प्रयोग भइरहेको सन्दर्भमा त्यसको विभिन्न पाटोलाई एकीकृत रुपमा अगाडि बढाउने सरकारले लक्ष्य राखेको छ ।
नदी बेसिनको मात्रै अध्ययन गरेर नपुग्ने भएकाले त्यसलाई अद्यावधिक गर्न पनि कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गर्ने विषयलाई प्रमुख प्राथमिकता दिइने विषयमा समझदारी भएको छ । नेपालका साना ठूला गरी कुल छ हजार ६०० भन्दा बढी खोलानाला भए पनि त्यसको एकीकृत अध्ययन हुन सकेको छैन । कुन खोला वा नदीलाई कुन प्रयोजनमा प्रयोग गर्ने र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा एकमुष्ट खाकासमेत नभएको अवस्थामा द्विपक्षीय समझदारीले स्पष्ट खाका तयार पार्ने सहसचिव अधिकारीको भनाइ छ ।
नदी बेसिनको व्यवस्थापनमा अस्ट्रेलिया सरकारले गरेको प्रयास विश्व समुदायमा लोकप्रिय र वैज्ञानिक रहेको मानिन्छ । आयोगले विश्व बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा नदी बेसिनहरुको अध्ययन सुरु गरिरहेको सन्दर्भमा अस्ट्रेलियाको सहयोग उपयोगी हुने छ । सरकारले आज मात्रै व्यवस्थापिका–संसद्मा पेस गरेको आर्थिक वर्ष २०७२/७३ को आर्थिक सर्वेक्षणमा समेत विश्व बैंकको अनुदान सहयोगमा वाग्मतीबाहेकका नदी बेसिन योजना तथा जलविद्युत् विकास गुरुयोजना तर्जुमा एवम् रणनीतिक वातावरणीय तथा सामाजिक मूल्याङ्कन अध्ययन कार्य सुरु गरिएको उल्लेख गरिएको छ ।
अस्ट्रेलियाको मर्रे तथा सहायक नदीको नदी बेसिनको अध्ययन नेपालको हकमा पनि उपयोगी हुने भन्दै सहसचिव अधिकारीले क्षमता अभिवृद्धि तथा सीप तथा ज्ञान आदानप्रदानको हिसाबले पनि महत्वपूर्ण हुने जानकारी दिए। ‘मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारसँगै एकीकृत गुरुयोजनाको आवश्यकता छ । ऊर्जा, खानेपानी, सिँचाइ, वातावरण संरक्षण तथा जलस्रोतको अन्य उपयोगका सम्बन्धमा पनि सामूहिक प्रतिबद्धतासँगै अध्ययनको जरुरी छ । त्यसलाई अगाडि बढाउने सम्बन्धमा अस्ट्रेलिया सरकारको चासो नेपालका हकमा प्रभावकारी हुन सक्छ’ उनले भने ।
हाल अस्ट«ेलियामा संसद्को निर्वाचन हुन लागेकाले नयाँ बन्ने सरकारले प्रस्तुत गर्ने बजेटमा नै नेपालसम्बन्धी सहयोग उल्लेख गर्ने विश्वाससमेत नेपाली प्रतिनिधिमण्डललाई गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण