मातेर विद्यालय आउने दुई शिक्षक पक्राउ
दोलखा - रक्सीले मातेर विद्यालय आउने दुई शिक्षकलाई पक्राउ गरिएको छ ।
दोलखाको भुसाफेदा गाविस–३ मा रहेको ताप्केडाँडा प्राविमा कार्यरत दुई शिक्षकलाई प्रहरीले पक्राउ गरी कारबाही गरेको हो ।
प्रहरीले उनीहरुलाई मादक पदार्थ सेवन गरी विद्यालयमा पठनपाठन नगरेको स्थानीय अभिभावक र विद्यार्थीले व्यापक गुनासो गरेपछि उनीहरुलाई मातिरहेकै अवस्थामा बुधबार समातिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले बताए ।
पक्राउ पर्ने प्रावि तहका शिक्षक काभ्रेपलाञ्चोक जिल्ला बिर्तादेउराली गाविस–६ घर भएका ४२ वर्षीय रमेशराज पन्त र भिनपा ४ फुलपा घर भएका ४९ वर्षीय कुमार बस्नेत रहेको सुनुवारले बताए । बस्नेत २०४७ सालदेखि शिक्षकको रुपमा कार्य गरी २०४८ सालमा स्थायी नियुक्ति पाएका व्यक्ति हुन् । उनी बिएड उत्तीर्ण भई उक्त विद्यालयमा नेपाली विषय पढाउँछन् ।
उनी उक्त विद्यालयमा २०६१ सालमा चुलिडाँडा प्राविबाट सरुवा भएका थिए । त्यस्तै पन्त २०४६ सालमा शिक्षकको रुपमा कामकाज गरी २०४८ सालमा नियुक्ति पाएका व्यक्ति हुन् । उनी बिएड उत्तीर्ण भई उक्त विद्यालयमा अङ्ग्रजी विषय पढाउँछन् । पन्त उक्त विद्यालयमा २०७१ सालमा श्यामास्थित गर्जाङ्गढुङ्गा उमाविबाट सरुवा भएका थिए । उनीहरुलाई आवश्यक जरिवाना गर्न र आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाउने गरी जिल्ला प्रशासन कार्यालयमा पठाइएको प्रहरीले बताएको छ । मातेर विद्यालय नजाने शिक्षकलाई प्रहरीले कारबाही गरेको यो पहिलो घटना हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण