पिर्काले हानेर श्रीमतीको हत्या गर्ने पक्राउ
बिहीबार, १३ जेठ २०७३, १७ : ०१
गोरखा - पिर्काले हानेर श्रीमतीको हत्या गरेको आरोपमा गोरखाको थालाजुङ–३ का ६० वर्षीय टेकबहादुर अधिकारी पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी पिर्काले हानेर ४५ वर्षीय श्रीमती नानुमाया अधिकारीको हत्या गरेको आरोपमा आज प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
रक्सी खाएर मातेका अधिकारीले बुधबार अपराह्न श्रीमतीलाई पिर्का प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । नानुमायाको टाउको र गर्दनमा गहिरो चोट लागेको छ । हत्या अभियोगमा पक्राउ परेका उनलाई प्रहरी कार्यालयमा राखिएको छ । अधिकारीविरुद्ध कर्तव्य ज्यान मुद्दामा कानुनअनुसार कारबाही सुरु गरिने प्रनाउ थापाले बताए ।
श्रीमतीको शव ओछ्यानमुनि पल्टिरहेको र मदिरा पिएका उनी अर्धचेत अवस्थामा घरभित्रै सुतिरहेको अवस्थामा फेला परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण