रुकुमका करिब छ हजार बालबालिका विद्यालय बाहिर
रुकुम - गत हप्तामात्रै रुकुमलाई साक्षर जिल्ला घोषणा गरिए पनि जिल्लामा अझै पाँच हजार ७६२ बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
जिल्लामा विभिन्न कारण यति धेरै बालबालिका विद्यालयको पहँुचभन्दा बाहिर रहेको प्रतिवेदन जिल्ला बाल कल्याण समिति, रुकुमले सार्वजनिक गरेको हो ।
खलङ्गामा आज आयोजित एक कार्यक्रममा रुकुम जिल्लामा अहिले खासगरी बाल विवाह, बाल यौन दुव्र्यवहार, बालश्रमिक, बालबालिका ओसारपसार, द्वन्द्वपीडित बालबालिकालाई संरक्षणको अभावलगायतका समस्या रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बाल अधिकार अधिकृत मानवीर ओलीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा ५७ प्रतिशतको बालविवाह हुने गरेको छ । त्यसैगरी २७ जना बालबालिका श्रमिक रहेका छन् भने ११८ जना बालबालिका संरक्षणविहीन छन् ।
जिल्लामा ८३८ जना द्वन्द्वपीडित बालबालिका छन् । एकचालीस जना बालबालिकालाई जिल्ला बाहिर काम गराउन लैजाँदै गर्दा उद्धार गरी आफन्तलाई बुझाइएको र जोखिममा परेका ११ जना बालबालिकालाई उनीहरुको व्यवस्थापनका लागि जिल्ला बाहिर पठाइएको बताइएको छ ।
कार्यक्रममा सहभागी भएका जिल्लामा काम गर्ने विभिन्न गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुले बालबालिकाको समस्या समाधानका लागि ठोस कार्ययोजना निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
यसका साथै सहभागीहरुले जिल्लाका सबै गाविसमा गाउँ बाल संरक्षण समिति गठन गरी सक्रिय बनाउनुपर्ने, विद्यालयमा बालबालिकाको समस्या न्यूनीकरणका लागि अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्नुपर्ने, जिल्लामा जोखिममा परेका बालबालिकाका लागि पुनःस्थापना केन्द्रको निर्माण गर्नुपर्ने सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण