देशकै पुरानो नगरपालिकामा छैन एम्बुलेन्स
जलेश्वर– २०३९ वैशाख १५ गते स्थापना भएको जलेश्वर नगरपालिका जिल्लाकै जेठो नगरपालिका हो । पहिले अंचल सदरमुकाम रहेको जलेश्वरबाट जनकपुर वर्षौ पहिले छुटिटएपछि जिल्ला सदरमुकाममा सिमित हुन पुगेको हो । जलेश्वरबाट छुट्टिएको तथा जिल्लाकै अन्य गाविस र नगरपालिकाहरुले निकै प्रगती गरेपनि जिल्ला सदरमुकाम भएरपनि विकासको मामिलामा पछाडी परेको छ । यहाँ जिल्ला स्तरीय कार्यालयहरु सयौंको संख्यामा गैरसरकारी कार्यालयहरु रहेपनि सो विकास भने आशातित हुन नसकेको हो ।
यहाँ आकस्मिक सेवाको लागि दाताहरुले विभिन्न समयमा उपलब्ध गराएको एम्बुलेन्सहरु मध्ये प्रायः सबै सडककै कारण जीर्ण भई कामै नलाग्ने अवस्थामा पुगेको छ । यदाकदा नगरक्षेत्रभित्रमा देखिने गरिएको आरसिडिएससि नामक संस्थाको एम्बुलेन्स समेत अधिकांश समय ग्यारेजमै रहने गरेको छ।
यता जिल्ला अस्पताल जलेश्वरमा रहेको एउटा एम्बुलेन्स मधेशमा आन्दोलन चलिरहेको बेला जलाइएपछि अस्पताल समेत एम्बुलेन्स विहिन भएको थियो । हालै मात्र जलेश्वर अस्पतालको लागि भनेर ल्याईएको एम्बुलेन्स समेत चालक अभावमा अस्पताल कम्पाउण्डमै थन्केको अवस्थामा छ । जिल्ला स्वास्थ्य कार्यालय र अस्पताल व्यवस्थापन समितिले चालक राख्ने निर्णय गरिसकेपनि अझैसम्म चालकको व्यवस्था हुन नसक्दा सो थन्किनु परेको छ । हाल जलेश्वर नगरपालिका कार्यालयसंग एउटापनि एम्बुलेन्स नभएको,आरसिडिएससिको एम्बुलेन्स अधिकांश समय खराव रहने गरेको,रेडक्रस सोसाईटीको एम्बुलेन्स समेत मर्मतमा गएको तथा जलेश्वर अस्पतालको एउटा मात्र एम्बुलेन्स चालक विहिन रहेपछि सेवाग्राहीहरु मर्कामा परेका हुन् । नगरमै एम्बुलेन्सको यस्तो स्थिति रहदा दुर्घटना वा अन्य समयमा विरामी ओसार्र्न हम्मे हम्मे पर्ने गरेको छ । एम्बुलेन्सहरु प्राय विग्रिनुमा सडक स्तरिय नहुनु मुख्य कारण रहेको एम्बुलेन्सका चालकहरुको गुनासो छ । एम्बुलेन्स समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले समेत यो चिन्ताको विषय भएको भन्दै यस विषयमा छलफल गरि समस्याको समाधान निकाल्ने प्रयास गरिने बताए । सडककै कारण नयाँ एम्बुलेन्स नगरपालिका क्षेत्रमा संचालन गर्ने भनी कुनै संघसंस्था अगाडी नआएका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मनिष पाण्डेयले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण