सत्तरी तोला सुनसहित दुई पक्राउ
लहान - प्रहरीले सिरहा नगरपालिका–११ स्थित भलुवाही चोकबाट गएराति ७० तोला सुनसहित दुईजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले गोप्य सूचनाका आधारमा सुनसहित सिरहा नगरपालिका–१० सारस्वर निवासी २१ वर्षीय तमन्ना दफाली र सोही ठाउँका २२ वर्षीय मोहमद इजराइल दफालीलाई पक्राउ गरेको हो ।
स६प ६३२४ नंको पल्सर मोटरसाइकलमा सवार दुवैजनालाई चेकजाँचका क्रममा १०/१० तोलाको सातवटा सुनको बिस्कुटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।
पक्राउ परेकाहरुको साथबाट डियुबीआई युएई १० तोला लेखिएको छवटा र एसयुआइएसएसई १० तोला लेखिएको एकवटा सुनको बिस्कुट, नगद ३४ हजार ८०० र दुई थान सामसुङ मोबाइल बरामद भएको प्रहरी नायब उपरीक्षक कोइरालाले बताए ।
पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण