बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बाख्रा पालनबाट वार्षिक ३० लाख आम्दानी

बिहीबार, १३ जेठ २०७३, १७ : ०८
बिहीबार, १३ जेठ २०७३

पोखरा –कास्कीको मौजामा रहेको बाख्रा पालन कृषि सहकारी संस्थाले बाख्रा पालेर वार्षिक ३० लाख आम्दानी गर्न सफल भएको बताएको छ ।

तीन वर्ष अघि ७ लाखको पूँजीवाट संञ्चालनमा आएको सहकारीले हाल प्रतिवर्ष ३० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको हो ।

स्थानीय ७ घर परिवारवाट सुरु भएको वाख्रा पालन व्यवसाय अहिले ७५ घर परिवारको आय श्रोतको केन्द्र वनेको बाख्रा पालक सहकारीका अध्यक्ष दुर्गावहादुर गुरुङले जानकारी दिएका छन् ।

अहिले त्यहाँका प्रति घर परिवारले वार्षिक सरदर १ लाख देखि ५ लाखसम्म आम्दानी गर्न सफल भएको उनले वताएका छन् ।

गाउँमा बाख्रा पालन व्यवसाय सुरु भएसँगै विदेशमा गएका युवाहरु पनि गाउँ नै फर्केर वाख्रा पाल्न सुरु गरेको गुरुङले जानकारी दिएका छन् । संस्थामा हाल ३ हजार १ सय ६ वटा पाठा पाठी सहित दुईवटा व्याडे वोका रहेको उनले जानकारी दिएका छन् । जिल्ला पशु सेवा कार्यालय कास्कीले पशु पकेट क्षेत्र विस्तार गरे सँगै कास्कीको मौजा गाविसलाई वाख्रा पकेट क्षेत्र घोषणा गरको छ । स्थानीय कृषकहरुले स्थानीय जातको वाख्रा सँगै खरिजात, शानन र पारिजात नामका वाख्रा पालेका छन् । वाख्रा पालनको लागि प्रसस्त घाँस भएकोले सो स्थान वाख्राको लागि पकेट क्षेत्र नै छुट्ईएको जिल्ला पशुसेवा कार्यालय कास्कीका वरिष्ट पशु चिकित्सक डा राकेश प्रजापतिले जानकारी दिएका छन् । जिल्ला पशु सेवा कार्यालयको एक टोलीले विहीवार सो वाख्रा पकेट क्षेत्रको अनुगमन गरेको छ । अनुगमनका क्रममा कृषकहरुले वाख्रा पालन गर्दा अपनाउनु पर्ने सामान्य नियमलाई समेत अथ्र्याएको कृषक अगुवा पुण्य पौडेलले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप