अब सबै माओवादी एकजुट हुनुपर्छ : बादल
पोखरा - नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादलले सहिदको सपना तथा देश र जनताका आकांक्षा पूरा गर्न सबै विभाजित माओवादी एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
कृष्ण सेन इच्छुकको १४औँ स्मृति दिवसको अवसरमा क्रान्तिकारी पत्रकार सङ्घ कास्कीद्वारा सञ्चालित रु २५ हजार राशिको थमन–महेश स्मृति पत्रकारिता पुरस्कार पत्रकार गोमा घिमिरेलाई आज वितरण गर्दै उनले माओवादी धेरै टुक्रामा विभाजित हुँदा सहिदका सपना पूरा गर्न नसकिएको धारणा राखे ।
विभाजित माओवादीका घटक केही दिनअघि एकीकृत भएर नेकपा माओवादी केन्द्र पार्टी बनेको स्मरण गराउँदै वरिष्ठ नेता बादलले एकीकृत अभियानले पूर्णता नपाएसम्म यो अभियान जारी रहने बताए ।
उनले राष्ट्रिय सहमति कायम गरेर आर्थिक समृद्धितर्पm अघि बढ्न सबै राजनीतिक दल एक ढिक्का हुनुपर्ने विचार व्यक्त गरे ।
उनले नयाँ संविधानले जनतालाई अझै पनि पूर्ण अधिकार नदिएको र पूर्ण अधिकार प्राप्तिका लागि सबै क्रियाशीलताको खाँचो रहेको बताए ।
सङ्घका अध्यक्ष दीपक परियारको अध्यक्षतामा भएको सो कार्यक्रममा रासस सञ्चालक समितिका पूर्व अध्यक्ष तथा पुरस्कार छनोट समितिका संयोजक कोमलनाथ बरालले स्व थमन परियार र महेश दाहालको जीवनीमाथि प्रकाश पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण