बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

ओरियण्टल सहकारीका सञ्चालक र कर्मचारीको सम्पत्ति दामासही गरी ऋण असुल गर्न निर्देशन

बिहीबार, १३ जेठ २०७३, १७ : १२
बिहीबार, १३ जेठ २०७३

काठमाडौं–सहकारी सञ्चालन गरी जनतालाई ठग्ने ओरीयण्टल सहकारीका सञ्चालक र कर्मचारीलाई तुरुन्त नियन्त्रणमा लिई कार्वाही गर्न संसदको अर्थ समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बिहीबारको बैठकले संस्थाका अध्यक्ष, संचालक तथा उच्च पदस्थ कर्मचारीलाई तुरुन्त नियन्त्रणमा लिई आवश्यक कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति प्रकाश ज्वालाले बताए । साथै समितिले उक्त सहकारी र सहकारीका अध्यक्ष, संचालक, पदाधिकारी, उच्च ओहदाको कर्मचारी, परिवार तथा नातेदार लगायतको नाममा रहेको चल अचल सम्पत्ति सार्वजनिक बोल कबोलमार्फत दामासाही गरी ऋण असूल उपर हुने व्यवस्था गर्न सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । ‘विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा धितो बन्धक रहेको वा धितो बन्धक नरहेको चल अचल सम्पत्ति, बैंक तथा वित्तिय संस्थाले आफ्नो ऋण असूली गर्ने प्रक्रियामा उक्त चल अचल सम्पत्तिको सार्वजनिक बोल कबोल मार्फत बिक्रि बितरण गरी बैंक तथा वित्तीय संस्थाको ऋण, उक्त सहकारी संस्थामा बचत तथा निक्षेप जम्मा गर्ने बचत तथा निक्षेपकर्ताको बचत तथा निक्षेप फिर्ता हुने गरी दामासाहीको आधारमा आ–आफ्नो ऋण असूल उपर हुने गरी काम कारवाही गर्ने गराउने गरी व्यवस्था गर्न निर्देशन दिईएको छ’ सभापति ज्वालाले भने । बैठकले समस्याग्रस्त सहकारी संघ संस्थाको व्यवस्थापन पुन ः आयोग गठन सम्बन्धी प्रक्रिया तत्काल अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । संशोधनको प्रक्रियामा रहेको सहकारी ऐनलाई समयमानुकूल विस्तृत रुपमा सहकारीमा रहेको समस्यालाई समाधान गर्ने र सहकारी मूल्य मान्यतालाई समेत समेट्ने गरी तत्काल अघि बढाउन पनि बैठकले निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप