विदेश पठाउने भन्दै रु ७९ लाख ठग्ने पक्राउ
बिहीबार, १३ जेठ २०७३, १७ : १९
काठमाडौँ - गैरकानुनी रुपमा युरो एन्ड सी लिङ्क एजुकेसन कन्सल्टेन्सी र फ्लाई युरो नामक कन्सल्टेन्सी खोली रोजगारका लागी विदेश पठाउने प्रलोभन दिएर ठगी गर्ने रञ्जीत कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुर, नामाटार गाविस घर भई हाल सतुङ्गल बस्ने कँडेललगायत अन्य व्यक्तिहरुले जर्मनी पठाउँछु भनी १३ जना व्यक्तिबाट विभिन्न मितिमा रु ७९ लाख ३० हजार ठगी गरेकामा कँडेललाई महानगरीय अपराध महाशाखाको टोलीले बुधबार पक्राउ गरेको हो ।
रसुवाका खेसम तामाङसहित दुईजना, साउथ अफ्रिका पठाउँछु भनी रसुवाकै सङ्गीता तामाङसमेतका दुईजना, मरिसस पठाउँछु भनी कन्चनपुर बस्ने लक्ष्मीप्रसाद बरालसमेत सातजना र न्युजिल्यान्ड पठाउँछु भनी काभ्रे महादेवस्थान गाविस बस्ने सुमन सापकोटासमेत दुईजना गरी १३ जनालाई कँडेल र उनको समूहले ठगी गरेको थियो ।
पैसा लिएर नक्कली भिसासमेत लगाइदिई फरार रहेका कँडेललाई अपराध महाशाखाको टोलीले पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको छ ।
अभियुक्त कँडेलसँग मिली विदेश पठाउने भनी ठगी गर्ने अन्य व्यक्तिहरुको समेत खोजी भइरहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण