खुल्यो मनकामना अस्पताल
चितवन–मेडिकल सिटिको रुपमा बिकास हुदै गएको चितवनमा निजि अस्पतालहरु खुल्ने र सञ्चालन हुने क्रमले पनि ब्यापकता पाएको छ । देशकै केन्द्र पुर्व पश्चिम राजमार्ग जोडिएको ठाउँ भएकाले चितवनलाई मेडिकल सिटिको रुपमा बिकास गर्नु पर्ने आवाजहरु उठिरहेका बेला ब्यवसायीहरुले पनि निकै उत्साहका साथ स्वास्थ्य संस्थामा लगानी बढाईरहेका छन् ।
समथर भुभाग, ब्यवस्थित बस्ती, नेपालको राजधानी जाने प्रमुख केन्द्र र राजधानीदेखि नजिकको ठुलो शहर चितवन भएकाले पनि चितवनमा स्वास्थ्य उपचारका लागी केन्द्र बनाईनु पर्ने आवाज आम नागरिकबाट आईरहेको छ । सरकारले पनि अब प्रस्तुत गर्ने बजेटमा चितवनको भरतपुरलाई मेडिकल सिटीको रुपमा विकास गर्ने गरि योजना बनाएको सरकारका मन्त्रिहरुले बताईरहका छन् । सरकारले पहल अगाडि बढाईरहेको बेला ब्यवसायीले पनि सरकारको अवधारणा कार्यान्वयनमा बल प्रदान गर्दै स्तरिय सुबिधा सम्पन्न अस्पतालहरु सञ्चालन गर्ने क्रम बढेको छ । जसले चितवनको स्वास्थ्य क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्दा भई बिरामीले प्रभावकारी उपचार पाउनेमा धेरै आसाबादि छन् । कोठे अस्पतालबाट सुरु भएको चितवनको स्वास्थ्य सेवा अहिले शिक्षण अस्पताल सम्म पुगेको छ । अझै राज्यले चितवनलाई मेडिकल सिटिको रुपमा बिकास गरे स्वास्थ्य क्षेत्रमा देखिएका र भएका कमी कमजोरी हटदै स्वास्थ्य सेवा थप प्रभावकारी जनमैत्रि र स्वास्थ्य संस्था परिस्कृत हुदै जाने मनकामना अस्पताल सञ्चालक धुर्व प्रसाद काफलेले बताए । २ मेडिकल कलेज,एक क्यान्सर अस्पताल, एक जिल्ला अस्पताल र अन्य २३ निजि अस्पताल रहेको चितवनमा थप एक सुबिधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ । लामो समय देखि स्वास्थ्य क्षेत्रमा क्रियासिल स्वास्थ्य कर्मी,चिकित्सक र सामाजिक अगुवाहरुको पहलमा निकै सुबिधासम्पन्न अत्याधुनिक प्रबिधि सहितको मनकामना अस्पताल सञ्चालनमा आएको हो । भरतपुर बिमान स्थलको अगाढी करिव १० कठ्ठा आफनै जग्गामा एक सय सैयामा अस्पताल सञ्चालनमा ल्याईएको सञ्चालक धुर्व प्रसाद काफलेले बताए । ब्यवस्थित पार्किङ सुबिधा , मनमोहक बगौचा, चिल्डेन लाईब्रेरीसहितको अतिरिक्त सबिधा र स्वास्थ्य उपचारमा १६ स्लाइस सीटी स्क्यान सेवा, डि आर एक्सरे, भिडियो एक्सरे, लगायत सेवा रहेको उनको भनाई छ । त्यस्तै अत्याधुनिक ईमरजेन्सी ल्याव, टर्मा केयर बिभाग,काडियोलोजी बिभाग, सल्यकृया, प्रसुती तथा स्त्रीरोग, मनोरोग ई.सि.जि तथा ईकोकाडीयोग्राफी एनेस्थेसियोलोजी,दन्त,छाला तथा यौन, नाककान घाटी, फिजियोथेरापी ,प्याथोलोजी लगायतका सेवा रहेकोले अस्पताल छिर्ने बिरामीलाई स्तरिय सेवा दिन आफुहरु तयार रहेको अस्पतालका निर्देशक डा संकर ढकालले बताए ।
कुचिकारदेखि विशेषज्ञसम्म, विरामीदेखि अभिभावक र कुरुवासम्म, सानो सिरिञ्जदेखि अत्याधुनिक सुविधायुक्त उपकरण सम्मको कुशल परिचालनमा व्यवस्थापन पक्षले निकै ध्यान दिएकाले अस्पताल आउने बिरामी निकै खुसि र सन्तुष्टि प्राप्त गर्ने उनको भनाई छ । अस्पतालमा सानो त्रुटि मात्र भएमा मानिसको ज्यान समेत जान सक्ने र यसको परिणाम गम्भिर हुने हुदा आफुहरुले हरेक कुरालाई ध्यानमा राखेर बिरामीको उपचारमा तल्लिन हुने उनले बताए । आर्थिक अभावका कारण आफूकहाँ आउने बिरामीलाई सेवा पाउनबाट बञ्चित नगराईने उनको भनाई छ । अस्पताल भनेको बिरामी र उनका अभिभावकको भरोसाको केन्द्र भएकाले अस्पतालमा कार्यरत सबै स्वास्थ्य कर्मीहरु बिरामीकै सेवाका लागी एक चित्त भएर काम गर्न तयार रहेको अस्पतालका म्यानेजर सन्दिप अधिकारीले बताए । अस्पतालले भोलिदेखि पुर्ण रुपमा सबै सेवाहरु सञ्चालन गर्ने उनले जानकारी दिए । यसैबीच अस्पतालले सेवा सुभारम्भको अवसरका १ हजार जनालाई निःशुल्क स्वास्थे सेवा प्रदान गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण