सिंहदरबारको फोटो खिच्दा पक्राउ परेका पत्रकार छुटे
काठमाडौं, जेठ १३– सिंहदरबारको फोटो खिचेको भन्दै तीन दिनअघि पक्राउ गरेका पत्रकार शेषनारायण झा रिहा भएका छन् । चौतर्फी दवावपछि उनलाई केहीबेरअघि प्रशासनले रिहा गरेको हो ।
सिंहदरबारको गेट छेउको पर्खालमा इशान श्रेष्ठ नामका एक युवाले रगतजस्तै रातो रङ छ्याप्दै गर्दा त्यसको फोटो खिचेको भन्दै झालाई महानगरीय प्रहरी बृत्त सिंहदरबारले पक्राउ गरेको थियो ।
महानगरीय प्रहरी वृत सिंहदरवारका डिएसपी प्रजित केसीले सिंहदरवार लगायत बालुवाटारमा विरोध स्वरुप रातो रंग पोत्ने इशानको सहयोगी रुपमा झा रहेको पाइएको कारण पक्राउ गरिएको दाबी गरेका थिए । तर पत्रकार पक्राउबारे चौतर्फी विरोधपछि बिहिबार अपरान्ह काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृण सुवेदीले उनलाई रिहा गर्ने आदेश दिएका हुन् । यसअघि उनीमाथि अनुसन्धानको लागि भन्दै प्रशासनले ७ दिन म्याद थपेर हिरासतमा राखेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण