रामेछाप दुर्घटना : ५ को मृत्यु, सबैको सनाखत
बिहीबार, १३ जेठ २०७३, १७ : ५६
रामेछाप–रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा न. १ मा बोलेरो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
दुर्घटनामा परि मृत्यु हुनेहरुमा हिमगंगा गाविस वडा नं.–२ का जेनिमाया तामाङ, लालकुमारी तामाङ, एक बहादुर आलेमगर, सोही गाविस वडा नं. ७ का पुष्पा मगर र वडा नं. १ का नवराज मगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
रामेछापको बिहीबारे हाट हेरेर घर फर्केका हिमंगंगाका स्थानीयले रिर्जभ गरि लिएर गएका विपी यातायातको ना१ज ४१६१ नम्बरको बोलेरो जीत ओख्रेनीमा दुर्घटना भएको हो ।
सो जीपमा १३ जना यात्रु रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते भएकोहरुको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहको छ । सात जना घाइतेमध्ये तीन जनाको अस्वस्था चिन्तजन रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण