बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अमेरिकामा युवा थापाले पूर्व राष्ट्रपति क्लिन्टनलाई बुद्ध नेपालमा जन्मेको बताए

शुक्रबार, १४ जेठ २०७३, ०७ : १२
शुक्रबार, १४ जेठ २०७३

वाशिंगटन डिसी – अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको एक भव्य कार्यक्रममा नेपाली मूलका युवा तथा सामाजिक सेवामा क्रियाशील रहेका प्रकाश थापाले छोटो समयको लागि भेट भएता पनि अमेरिकी पूर्व राष्ट्रपति क्लिन्टनलाई बुद्धको जन्म नेपालमा भएको बताए ।

उनले अगाडी क्लिन्टनलाई भने कतिपय सञ्चार माध्यमले गौतम बुद्धको बारेमा गलत प्रचार गरि रहेको जनाकारी समेत गराए । थापाले उक्त कार्यक्रममा भगवान बुद्ध जन्मेको देश नेपाल लुम्बिनी एक पटक भ्रमण गर्न समेत अनुरोध गर्दै उनले क्लिन्टनलाई बुद्ध धर्म परम्परागत खादा लगाएका थिए ।

विशिष्ट व्यक्तिहरुलाई बोलाएको उक्त कार्यक्रममा राष्ट्रिय नेतृत्त्व परिषद् सदस्य अजय जैन भुटारियाले स्वागत गरेका थिए ।

प्रकाश थापा, ते क्वान्दो खेलाडी तथा गुरु हुन् भने ग्लोबल चलचित्र उत्सवका विश्व नेतृत्वको साथै ह्युमन फर हयुमानिटी एक्सन फर नेसन्सका सभापति पनि हुन् ।

थापाले यो भन्दा अगाडी पनि अमेरिकी राष्ट्रपतिकि उम्मेदवार तथा पूर्व–विदेश मन्त्रि हिलारी क्लिन्टनलाई पनि भेट गरि बुद्ध नेपालका हुन् र उनको जन्म नेपालमा भएको जानकारी गराएका थिए । हिलारी क्लिन्टनलाई पनि गौतम बुद्धको जन्मस्थल जान आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप