बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

संगीत निर्देशक प्रसन्न पौडेल अमेरिकामा पनि जम्दै

शुक्रबार, १४ जेठ २०७३, ०७ : १८
शुक्रबार, १४ जेठ २०७३

नेपाली संगीत उद्योगमै सबैभन्दा धेरै संगीत भिडियोहरु सफल निर्देशन गरेका निर्देशक प्रशन्न पौडेल म्यूजिक भिडियोकै निर्देशन गर्ने क्रममा विगत १ वर्षयता अमेरिकामा बस्दै आइरहेका छन् । व्यस्त जीवनशैलीका बीचमा प्रशन्नको पनि जीवनशैली निकै व्यस्त भएको छ, अमेरीकामा संगीत भिडियो निर्माणमा । भनिन्छ सक्कली सुनलाई कसी लाउनुपर्दैन, त्यस्तै अमेरिकी भीडभाडको दौढ धुपमा प्रशन्न प्रशन्न मुद्रामै भिडियोमा व्यस्त छन् ।

लाइमलाइट नेपालको ब्यानरमा नेपालमा भिडियो उत्पादन गर्दे आएका प्रसन्नले सोही ब्यानरलाई अमेरीकामा स्थापीत गर्ने उद्देश्यले लाइमलाइट अमेरिकाको ब्यानरमा भिडियो गरिरहेका छन् । लाइमलाइट युयसय एलएलसि अमेरीकाको कार्यालयमा अचेल नेपाली कलाकारको जमघट हुने गरेको छ । करिव १२ ओटा भिडियो अमेरीकामै बनाइसकेका प्रसन्नको निक्की कार्कीको ‘जेट उडाउँछु घुइघुइ’ बोलको गीत युटुबमा अत्यधिक लोकप्रिय भएको छ । झन्डै १० लाख भन्दा धेरै दर्शकले हेरेका छन् ।

त्यस्तै प्रसन्नले स्काइपबाटै निर्देशन गरेको समीर आचार्य र निक्की कार्कीको दुनियाँ बेग्लै छ गीतले नेपाल तथा विदेशमा तहल्का पिटेको छ । करीव ५ लाख बढी दर्शकले हेरेका छन् । यस्तै गरि रामकृष्ण ढकाल, सत्यराज आचार्य, स्वरुपराज आचार्य, यम बराल, जगदीस समाल, सोना अमात्य, सुदन गैरेका साथै अनेकौ नयाँ गायक गायीकाहरुलाई प्रशन्नले अमेरीकाबाटै नेपाली संगीत उद्योगमा उतारेका छन् ।

नेपाली गायक कलाकारहरु अमेरीका पलायन भैरहेको र व्यस्त जीवनशैलीमा कलाकारितालाई उचित समय दिन नपाइरहेको अवस्थामा प्रशन्नको अमेरीका बसाईले सबैलाइ सहज र उचित वातावरण बनाई दिएको छ । नेपाली समाज तथा नेपालीभाषी भुटनीज समाजमा प्रसन्नले निकै कलाकारीता जन्माएका छन् । नेपाली कलाकारको प्रशन्नसँगको यो दौड सबैको लागि फलदायक होस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप