बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

लालटिन टिजर पोस्टर रिलिज

शुक्रबार, १४ जेठ २०७३, ०७ : २९
शुक्रबार, १४ जेठ २०७३

काठमाडौं–सिनेमा लालटिनको टिजर पोस्टर रिलिज भएको छ । विहीबार आयोजित प्रेसमिटमा चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईले पोस्टर अनावरण गरे ।

देवकुमार श्रेष्ठ निर्देशित सिनेमा पोस्टरमा एक पात्र लालटिन बालेर सहर सामु उभिएका छन् । पृष्ठभूमिमा छ काठमाडौं सहर । विम्वाकर्षक लाग्ने पोस्टरलाई डार्क तुल्याइएको छ ।

अभिनेता भानुप्रताप निर्माता हुन् । उनले पाँच हितैषीसँग मिलेर प्रोजेक्ट बनाएका हुन् । दयाहाङ राई, केकी अधिकारी, अर्जुन गुरुङ, प्रियंका कार्की, रिया श्रेष्ठ, रामकेशर बोगटीको मुख्य अभिनय छ ।

लालटिनमार्फत अर्जुनजंग शाही र मेलिना मानन्धर लामो अन्तरालपछि कमब्याक हुँदैछन् । पोस्टर अनावरण गर्दै अध्यक्ष राईले पटकथामा आफै सामेल भएकाले राम्रो बनेको बताए ।

अनिम श्रेष्ठ, राज केसी, मनोज राजभण्डारी र दीपक श्रेष्ठले निर्माण गरेको फिल्ममा भानुले किरण माइकलसँग मिलेर पटकथा लेखेका हुन् । हरि लामाको छायांकन, अर्जुन जिसी र बनिश शाहको सम्पादन छ ।

राज कट्वाल र निर्जन थापा डेब्यु अभिनेता हुन् । एक्सन, कमेडी, रोमान्स र क्राइम जानराको सिनेमाको बजेट करोड बताइएको छ । अन्तराष्ट्रिय प्रदर्शनपछि मात्र सिनेमालाई नेपाल रिलिज गर्ने जानकारी निर्माता एवं अभिनेता भानुप्रतापले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप