बहु–प्रतिभाकी धनि गायिका अनु गुरुङ गायनदेखि मोडलिङसम्म
काठमाडौँ – गुल्मी-९ दिबुङ स्थायी निवासी गायिका अनु गुरुङ काठमाडौँलार्इ कर्म भूमि बनार्इ साङ्गीतिक क्षेत्रमा आफूलाई स्थापित गराउन सफल चर्चित नाम हो । नेपाली लोक संगीत क्षेत्रमा आफ्नो छुट्टै नाम पहिचान बनाउन सफल गायिका हुन् गायिका अनु गुरुङ । विभिन्न मेला महोत्सव स्टेज कार्यक्रमदेखि अन्य धेरै कार्यक्रमहरुमा सधैँ व्यस्त रहने गायिका अनुले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन् ।
दर्जनौ हिट गीतहरु आफ्नो मिठो जादुमय आवाज भरिसकेकी सुन्दरी गायिकाले आफ्ना गीतहरुको म्यूजिक भिडियोहरुमा आफैँ मोडलिङ गर्दै आएकी छिन् । गुरुङले हालसम्म नजरैको तिरले, बगेको खोली, बजाई देउ ताली तरर, नानु तिमीलाई, तिजको दर खाने, आमाको याद, कौड़ा र खोली भए, तिमीलाई अन्तिम, सुनकै बाला जस्ता एक दर्जनभन्दा बढी एल्बमहरू बजारमा ल्याईसकेकी छिन् ।
बिशेष गरि लोक दोहोरि क्षेत्रमा चर्चित बन्न सफल गायिका अनुमा हर प्रकारका गीत गाउन सक्ने क्षमता छ । उनी भन्छिन्, ‘म गायन र मोडलिङलाइँसँगै लिएर जान्छु र यो क्षेत्रमा आफ्नो लक्ष्य प्राप्ति गर्छु ।’
आफूलार्इ गायिका तथा मोडेल भनेर चिनाउन चाहने यी सुन्दरी गायिका सुन्दर तनसँगै सुन्दर मनकि पनि धनि छिन् । सरल सधैँ हाँसेर बोल्ने अतिनै मिलनसार स्वभावकि मिठो आवाजको धनि गायिका अनुले धेरै कार्यक्रममा अवार्ड र सम्मान समेत पाइसकेकी छिन् ।
उनलाई एक बहु–प्रतिभाशाली, भर्सलटाइल गायिका तथा मोडेल भन्न सकिन्छ, साँच्चै उनीमा हर प्रकारको गीत गाउन सक्ने क्षमता पनि छ । त्यसैले त उनी भन्छिन्, ‘गीत संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण