बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मुटुरोगीलाई हुरण्डेकको सहयोग

शुक्रबार, १४ जेठ २०७३, ०७ : ३८
शुक्रबार, १४ जेठ २०७३

उदयपुर – जिल्लामा क्रियाशिल एक गैर–सरकारी संस्थाले मुटुरोगी एक युवतीलाई आर्थिक सहयोग गरेको छ ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरण्डेक) ले मुटुरोगी जिल्लाकै कटुन्जेबबला गाविस–९ की १९ वर्षीया अमृता राईलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

हुरण्डेकका अध्यक्ष दुर्गा कुमार थापा स्वस्तीकले आज एक समारोहबीच मुटुकी बिरामी राईकी आफन्त पदम कटुवालाई ३८ हजार दश रुपैयाँ प्रदान गरे ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा हुरण्डेकका अध्यक्ष दुर्गा कुमार थापाले कोरीया दोलखा सम्पर्क मंचबाट प्राप्त २० हजार र अन्य सहयोगदाताबाट बाँकी रकम संकलन गरिएको जानकारी दिए । सहयोग रकम प्रदान गर्दै थापाले हुरण्डेक उदयपुर अविछिन्न रुपमा मानवीय सेवामा तत्पर रहेको उल्लेख गर्दै पीडितको सहयोगमा सहभागिप्रति कृतज्ञता प्रदान गरे ।

कमजोर आर्थिक अवस्था भएका राई ६ महिना अघिदेखि मुटुका दुवै भल्भ प्वाल परि विरामी परेकी थिईन । उनीको हाल गंगालाल हृदय रोग अस्पताल काठमाडौंमा उपचार भईरहेको पारिवारीक स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप