बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

घट्टबाट फर्कँदा बाढीले महिला बेपत्ता

शुक्रबार, १४ जेठ २०७३, ०७ : ४८
शुक्रबार, १४ जेठ २०७३

डडेल्धुरा– बुधबार बेलुका परेको अविरल वर्षासँगै खोलामा आएको बाढीले अन्न पिसाइ गरेर घट्टबाट घर फर्कँदा एक महिलालाई बेपत्ता पारेको छ ।

बुधबार साँझ करिव ६ः३० बजे रुपालीगाडमा रहेको घट्टबाट घर फर्कन खोला तर्ने क्रममा खोलामा एक्कासि आएको बाढीले रुपाल–८ पनिउट बस्ने ३६ वर्षीया डम्मरु भट्टलाई बेपत्ता पारेको उनका आफन्त मणिकराज भट्टले जानकारी गराए ।

उनको खोजी गर्न गाउँले, प्रहरी र आफन्त लागे पनि कुनै पत्तो नलागेको डम्मरुकी भतिजी यशोदा भट्टले जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप