बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

विमलकी बहिनीको मृत्युप्रति एन्फाद्वारा दुःख व्यक्त

शुक्रबार, १४ जेठ २०७३, ०७ : ५१
शुक्रबार, १४ जेठ २०७३

काठमाडौं–नेपाली राष्ट्रिय फुटवल टिमका स्ट्राईकर विमल घर्तीमगरकी बहिनीको शंकास्पद मृत्युप्रति अखिल नेपाल फुटबल संघ एन्फाले दुःख व्यक्त गरेको छ ।

बिहीबार एन्फाका प्रवक्ता इन्द्रमान तुलाधरले एक विज्ञप्ती जारी गर्दै दुःख व्यक्त गरेका हुन् ।

बिमलकी बहिनी मनिषाको निधनले अखिल नेपाल फुटबल संघलाई स्तब्ध बनाएको उल्लेख गर्दै तुलाधरद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘यस दुःखद घडिमा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप