ट्रम्प राष्ट्रपति उम्मेद्वार बन्ने लगभग पक्का
शुक्रबार, १४ जेठ २०७३, ०८ : २३
न्युयोर्क - अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवारी पाउन डोनल्ड ट्रम्पले आवश्यक प्रतिनिधिको समर्थन प्राप्त गरेका छन्। नर्थ डकोटामा बिहीबार ट्रम्पले यसअघि तटस्थ रहेका १५ जना प्रतिनिधिले आफूलाई सघाएकोमा धन्यवाद दिए।
समाचार संस्था एपीका अनुसार रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदका आकांक्षी १६ जनालाई पछि पार्दै ट्रम्पले उम्मेदवारीका निम्ति १,२३८ जना प्रतिनिधिको समर्थन प्राप्त गरेका छन्।
यो संख्या राष्ट्रपति पदका लागि पार्टीको तर्फबाट उम्मेदवारी पाउन आवश्यक संख्याभन्दा एउटा बढी हो।
जुलाईमा हुने अधिवेशनबाट रिपब्लिकन पार्टीले उम्मेदवारीबारे अन्तिम टुंगो लगाउनेछ।
उम्मेदवारीका निम्ति न्यूयोर्क शहरका अर्बपति ट्रम्पले आवश्यक प्रतिनिधिको समर्थन प्राप्त गरिसकेपनि विभाजित देखिएको रिपब्लिकन पार्टीबाट उनको उम्मेदवारी अझै सुनिश्चित भइसकेको छैन।
कसैको पक्ष नलिएका पार्टीका प्रतिनिधिहरु आफूलाई मन परेका उम्मेदवारलाई समर्थन गर्न स्वतन्त्र हुन्छन्।
पार्टीको तर्फबाट उम्मेदवारी सुनिश्चित भएको खण्डमा ट्रम्पले पूर्व विदेशमन्त्री हिलरी क्लिन्टन वा सिनेटर बर्नी स्याण्डर्ससँग भावी राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण