बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पोखरिया मोरङकै पहिलो बालविवाहमुक्त गाविस

शुक्रबार, १४ जेठ २०७३, ०८ : ५८
शुक्रबार, १४ जेठ २०७३

मोरङ–मोरङ्ग पोखरिया गाविस जिल्लाकै पहिलो बालविवाहमुक्त गाविस घोषणा भएको छ । जिल्ला विकास समिति, प्लान इन्टरनेसनल नेपाल र फरेन जस्ता संस्थाका पदाधिकारीहरुले हिजो दिउँसो संयुक्तरुपमा कार्यक्रमको आयोजना गरी बालविवाहमुक्त गाविस घोषणा गरेका हुन् ।

कार्यक्रममा जिविस मोरङ्गका सामाजिक विकास शाखा अधिकृत सरोज गौतम, प्लान नेपालकी कार्यक्रम संयोजक रुपा उदास र फरेनका अध्यक्ष चुडामणी आचार्यले संयुक्तरुपमा बालविवाहमुक्त गाविस घोषणा गर्नुभएको हो । ६ सय ६६ घरधुरी र ३५ हजार ८५ जनसंख्या भएको गाविसमा विगत ६ वर्ष अगाडि बालविवाह उल्लेख्यमात्रामा हुने तथ्य समेत सार्वजनिक गरिएको थियो ।

६ वर्षको प्रयास पछि गाविसलाई बालविवाहमुक्त बनाउन सफल भएको जिल्ला विकास समीती मोरङ्गका सामाजिक विकास अधिकृत सरोज गौतमले जानकारी दिए । उनले भने, ‘धेरै ठुलो मेहनतपछि सफल भएका छौँ ।’

कार्यक्रममा पूर्व सभासद आशाकुमारी सरदार, महिला तथा बालविकासकी रमा भण्डारी, फरेनका उपाध्यक्ष यज्ञ शर्मा, कार्यक्रम निर्देशक खिलनाथ निरौला, वाल संरक्षण समितिका रामधानी मण्डल, स्थानिय सुयानन्द मण्डल, सिद्धानन्द सरदार लगायतका बक्ताहरुले ‘बालविवाहलाई नाँई भनौँ’ अभियान अझै शसक्त वनाउदै लानुपर्ने वताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप