ट्याक्टर पल्टिँदा चालकको मृत्यु
डोटी– डोटीको चवराचौताराबाट दीपायलका लागि आउँदै गरेको से १ त ६६४५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
तिखातर–६ स्थित स्यालपाखा भन्ने स्थानमा गएराति ७ बजेतिर दुर्घटना हुँदा ट्र्याक्टर चालक कैलाली घर भएका ४० वर्षीय चन्दु डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
घटनास्थलमा घाइते भएका चन्दुलाई उपचारका लागि सदरमुकाम सिलगढीतर्फ ल्याउँदै गर्दा राति बीच बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ । चवरा चौताराबाट खाली हिँडेको ट्र्याक्टर दुर्घनाग्रस्त भएको हो । के कति कारणले दुर्घटना भएको हो यकिन जानकारी भने प्राप्त भएको छैन ।
भिरालो र कच्ची सडकमा अनियन्त्रित गाडी चलाउँदा यस्तो समस्या आउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिल्लीराज बिष्टको भनाइ छ । घटनास्थल सदरमुकामबाट करिब ४२ किलोमिटरभन्दा बढी टाढा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण