नौवटा गाईसहित दुई जना पक्राउ
शुक्रबार, १४ जेठ २०७३, ०९ : २१
गौशाला–महोत्तरी जिल्लाको पश्चिमी सीमा नाका हुँदै नेपालबाट भन्सार चोरी–निकासी गरी भारत लैजान लागेको अवस्थामा नौ थान गाईसहित दुईजनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको पर्सादेवाड–७ बस्ने तनवीर शेष र बर्दिबास नगरपालिका–११ बस्ने निरज श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गएराति करिब १० बजेको समयमा गौशाला नगरपालिका–१० स्थित बाटोबाट प्रहरीले ना ४ ख ७१०९ नम्बरका मिनी ट्रकमा भारततिर लैजाँदै गरेका गाईसहित दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
पक्राउ परेका ट्रक चालक श्रेष्ठ र गाईधनी शेष गरी दुवै जनालाई रु नौ लाख २४ हजार मूल्य पर्ने मिनी ट्रक र नौवटा गाईसहित आवश्यक कारबाहीका लागि आज बिहानै जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण