नेपाली विद्यार्थी दिनहुँ भारत अध्ययन गर्न जान बाध्य
नवलपरासी– नवलपरासीको सुस्ताका करिब १०० नेपाली विद्यार्थी दिनहुँ भारतको भूमिमा अध्ययन गर्न जान बाध्य छन् । सुस्तामा रहेको दलित प्राथमिक विद्यालयमा कक्षा ५ सम्म मात्र अध्ययन हुने भएपछि सो भन्दा माथिल्लो कक्षा अध्ययन गर्न नेपाली विद्यार्थी भारततर्फ जान बाध्य भएका छन् ।
सुस्ताका नेपाली विद्यार्थीलाई नारायणी नदी तरेर नेपाल तर्फको पक्लिहवा गाविसमा रहेको विद्यालय जानभन्दा भारतको विहारस्थित लक्ष्मीपुर, भेडीहारीको विद्यालय पुग्न सजिलो हुने भएपछि सुस्ताका बालबालिका दिनहुँ भारतीय विद्यालयमा अध्ययन गर्न बाध्य भएका हुन् । सुस्ताका बालबालिका प्राथमिक तहपछि विहारको भेडिहारी जाने गरेका छन् ।
भौगोलिक रुपमा नेपालतर्फ नारायणी नदीले सुस्तालाई काटेको र सुस्ताको भौगोलिक क्षेत्र भारतीय भूमिसँग जोडिएकाले गर्दा सुस्ताका बालबालिकालाई पक्लिहवाको विद्यालयमा पढ्न आउन नारायणी नदी तर्नुपर्ने हुँदा दुई घन्टाको समय लाग्ने भएकाले सुस्ताका बालबालिका नजिकको भारतीय विद्यालय जान बाध्य भएका हुन् ।
विसं २०६७ मा मात्र सुस्तामा स्थापना भएको जनता दलित प्राथमिक विद्यालय सुस्ताको एउटा मात्र विद्यालय रहेको छ । यस विद्यालयमा करिब ४५० बालबालिका पढ्ने गर्दछन् । यसरी सुस्तामा कक्षा ५ भन्दा माथिल्लो कक्षा अध्ययरत गर्ने विद्यालय नहुँदा केही विद्यार्थी अध्ययनका लागि भारत जान्छन् भने धेरै जान छाडेका छन् ।
भोजपुरी बोल्ने गरेका सुस्तावासी बालबालिकाले विद्यालय जाँदा पढाइका लागि नेपाली भाषा सिक्नुपर्ने र प्राथमिकस्तरको अध्ययनपछि पढाइका लागि भारत विहार जानुपर्ने भएपछि हिन्दी भाषा सिक्नुपर्ने बाध्यताले पनि अधिकांश छात्रछात्राले प्राथमिक शिक्षापछि अध्ययन बीचैमा रोकेका हुन् ।
सुस्तावासीले सुस्तामा कक्षा ५ भन्दा माथिसम्म विद्यालयका लागि धेरै पटक कोसिस गरे पनि जिल्ला शिक्षा कार्यालय नवलपरासीले ध्यान नदिएका कारण परेको बाध्यता सुस्तावासीको गुनासो छ । नवलपरासीको त्रिवेणीसुस्ता गाविस–४ सुस्ताका सयभन्दा बढी विद्यार्थी यसरी भारतको विद्यालयमा पढ्न जान बाध्य छन् ।
सुस्ता र पक्लिहवा जोडिने झेलुङ्गे पुल निर्माण हुने भनिए पनि अहिले अलपत्र परेको छ । छिटोभन्दा छिटो झोलुङ्गे पुल बनोस् भन्ने सुस्तावासीको माग रहेको छ । सुस्तामा अधिकांश अध्ययनरत बालबालिका दलित समुदायका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण