मेची भन्सार लक्षित राजस्व नजिक : ६ अर्ब ४ करोड रुपैयाँ राजस्व संकलन
इटहरी – सरकारले तोकेको लक्ष्य अनुसार राजस्व संकलनको कार्यलाई तीव्रता दिएको मेची भन्सार कार्यलयले लक्षित राजस्वको नजिक पुगेको बताएको छ । मुलुकको असहज परिस्थितिलाई मध्यनजगर गर्दै सरकारी ढिकुटीमा राजस्व बढाउन लागि परेको मेची भन्सारले चोरी पैठारी तथा राजस्व चुहावटका कार्यलाई न्युनिकरण गरेको छ ।
मेची भन्सार कार्यलयलाई सरकारले ७ अर्ब ४५ करोडको लक्ष्य तोकिदिएको थियो । कार्यलयले जेठ ११ गते सम्ममा ६ अर्व ४ करोड रुपैया राजस्व संकलन गरि सकेको छ । यो आर्थिक वर्ष सकिन थोरै समय बाँकि भए पनि सरकारले तोकेको लक्ष्य पुरा गरी छाड्ने भन्सार प्रमुख भिमप्रसाद अधिकारीले बताए ।
कार्यलयले जिल्लाका सुरक्षा निकायसंग समन्वय गरेर राजस्व संकलनलाई कडाइ गरेको र भन्सार आधुनिकिकरण अनुसार उच्च प्रविधिका सिसि क्यामेरा जडान गरेका कारण ठुलो मात्रामा राजस्व संकलन हुन थालेको अधिकारीले बताए ।
अहिले भन्सारमा सेवाग्राहीले सहज सेवा प्राप्तीका लागि अनलाईन सेवा सुचारु गरिएको छ । जसको सहयोगमा घरमै बसेर सर्वसाधारणले भन्सार सेवा लिन सक्नेछन् । त्यस्तै गाडि जांचपास प्रक्रियालाई समेत सहज बनाउन कर्मचारीलाई उच्च मनोवलका काम गर्न र लोभ र प्रलोभनमा पर्ने वातावरण बन्न नदिन कार्यलयले चनाखो भएर लागेको हुनाले कार्यसम्पादन राम्रो भएको भन्सार प्रमुख बताउँन् ।
मेची भन्सार हुँदै छिमेकी मुलुक भारतसहित वंगलादेश भुटान, वर्मा लगायत मुलुकबाट नेपालमा विभिन्न सामान भित्रिने गर्छन् । नेपाल भित्रिने सामानमा ८० प्रतिशत औद्योगिक कच्चा पदार्थ रहेको छ भने बाँकी खाद्यान्न , लत्ताकपडा र अन्य सामान भित्रिने गर्छन् । नेपालबाट भने अधिक मात्रामा कृषि सामग्री बाहिर जाने भन्सार स्रोतले जानकारी दिएको छ ।
ठूला भन्सार मध्येका कान्छो भन्सारको रुपमा रहेको मेची भन्सारले लक्ष्य पुरा गरे झैैं अन्य भन्सार कार्यलयले पनि राजस्व संकलित लक्ष्य पूरा गरे सरकारले जारी गर्ने बजेट कार्यन्वयनमा समस्या नआउने कतिपय विज्ञहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण