भिरबाट लडेर वृद्धको मृत्यु, शव भिरमै
शुक्रबार, १४ जेठ २०७३, १० : ०८
ताप्लेजुङ– ताप्लेजुङको निघुरादिनमा भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ । बुधबार बेलुका नजिकै रहेका आफ्ना दाजुलाई भेट गरी घर फर्कने क्रममा निघुरादिन–४ का अन्दाजी ८५ वर्षीय सन्तबहादुर गुरुङको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
सो गाविसको खानीडाँडा भन्ने भिरबाट लडेर मृत्यु भएका गुरुङको शव बिहीबार बिहान मात्रै परिवारले फेला पारेका थिए । भिरबाट करिब एक सय मिटरमुनि शव भेटिएको र शव अप्ठ्यारो ठाउँमा भएकाले बिहीबार पुगेको प्रहरीको टोलीले निकाल्न नसकेको बताइएको छ ।
खबर पाएपछि बिहीबार साँझ प्रहरी पुगेपनि साँझ अँध्यारो भएको र भिर अप्ठ्यारो भएकाले शव निकाल्न समस्या भएको जनाइएको छ । उक्त शव अहिले बिहान मात्रै निकालिने र आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई जिम्मा लगाउने तयारी भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण