नमुना पुस्तकालय निर्माण अभियान साकार बन्दै
इटहरी – समाज रुपान्तरणका लागि पुस्तकलाई माध्यम बनाएर पुस्तकालय बनाउने बृहत अभियानमा जुटेका इटहरी ५ का स्थानियले नमुना पुस्तकालय निर्माण गर्ने भएका छन् । पुस्तकालयको स्थापना पश्चात आफ्नो बस्तीलाई हेर्ने सबैको नजर परिवर्तन हुने उनिहरुले विश्वास लिएका हुन् । आफ्नो टोलका प्रायः युवा अपराध कर्ममा संलग्न भएको प्रहरीको रिपोर्टले देखाए पछि वस्तीको बिग्रदै गएको छवि सुधार्न टोलवासी लागि परेका हुन् । जसका लागि वस्तीमा पुस्तकालय राखेर युवा तथा अन्य उमेरसमुहका व्यक्तिको बौद्धिक क्षमता अभिबृद्धि गर्ने योजना बनेको हो ।
यो नौलो कदमका लागि स्थानीयले नै अगुवाई गरेका छन् । पुस्तकालय निर्माणका लागि स्थानिय देवी प्रसाद चापागाईको संयोजकत्वमा ९ सदस्य तदर्थ समिति गठन भइसकेको छ भने सामाजिक अभियन्ताहरुले पुस्तक सँकलनको कार्यलाई तीब्रता दिएका छन् ।
इलाका प्रहरी कार्यलय इटहरीले वस्तीको समस्यालाई दीर्घकालिन रुपमा व्यवस्थापन गर्न पुस्तकालयको अवधारणालाई नौलो कार्य मन्दै आफैले संलग्नता देखाएको छ । टोलमा रहेका बेरोजगार युवाहरु काम नभएर अपराध क्षेत्रमा प्रवेश गर्ने हुँदा उनीहरुको सृजनसील समय खेर नजाओस् भन्नका लागि स्थानियले पुस्तकालय स्थापना गर्न खोज्नु उदाहरणीय कार्य रहेको डिएसपि ओमप्रसाद अधिकारीले बताए । उनले यस कार्यले इटहरीको अपराध गतिविधिमा धेरै न्युनिकरण हुने विश्वास व्यक्त गरे ।
अहिले फेसवुक, ट्वीटरजस्ता सामाजिक सञ्जालको प्रयोग गरि पुस्तकालयमा आवश्यक पुस्तकको सँकलन जारी छ । देश तथा विदेशमा वस्ने नेपालीहरुले समेत पुस्तकालयका लागि सहयोग गर्न इच्छा व्यक्त गरिरहेको यस अभियानमा संलग्न रहेका अभियन्ता हिरा आचार्यले बताए ।
स्थानिय राजनितिज्ञ हेमकर्ण पौडेलले इटहरीमा पछि परेको अनुभुती भइरहेको वस्तीमा पुस्तकालय बनाउने कार्य प्रशंसनिय रहेको र यसलार्य समग्र इटहरीको सम्पती बनाउनु पर्ने बताए ।
उनि सहित अन्य प्रमुख राजनितिक दलका स्थानिय प्रतिनिधिले उक्त पुस्तकालयमा नियमित रुपमा आउने गरि दैनिक अखवारको व्यवस्था समेत गरिदिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण