बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

शिक्षकले जिशिकालाई नै ढाँटे

शुक्रबार, १४ जेठ २०७३, १० : १३
शुक्रबार, १४ जेठ २०७३
झापा–विद्यार्थीलाई असल शिक्षा प्रदान गर्दै नैतिकवान, चरित्रवान बनाउने मुख्य अभिभारा बोकेका शिक्षकले नै ढाँट्छन्भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर झापाका दुईवटा विद्यालयका शिक्षकले विद्यार्थीलाई मात्र नभई अभिभावक र जिल्ला शिक्षा कार्यालय झापालाई समेत ढाँट्ने गरेको रहस्य सार्वजनिक भएको छ । विद्यालय सञ्चालनका नाममा एउटै विद्यालयका विद्यार्थीलाई दुईवटा विद्यालयका विद्यार्थी भनेर लामो समयदेखि झुटो विवरण देखाउँदै जिल्ला शिक्षा कार्यालय झापालाई पठाउने गरेको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले बताए । बिर्तामोडमा रहेको आदर्श शिशु अङ्ग्रेजी माविले एमिटी एजुकेसन फाउन्डेसनका विद्यार्थी भनेर झुटो विवरण पेस गर्दै एउटा विद्यालयका विद्यार्थीलाई दुईवटा विद्यालयको भनेर ढाँट्ने गरेको जिशिअ लुइँटेलले बताए । त्यस्तै, बिर्तामोडमा नै रहेको सगरमाथा उच्च माविले समेत कक्षा ४ र ५ को अनुमति नलिई कक्षा सञ्चालन गरेको पाइएकाले सो विद्यालयलाई पनि कारबाही गरिने जिशिअ लुइँटेलले बताए । झापामा बिना अनुमति कक्षा सञ्चालन गर्ने र अनुमति लिएर पनि कक्षा सञ्चालन नगर्ने विद्यालयको सङ्ख्या बढेको जनगुनासो आएपछि अनुगमन गर्दा ती विद्यालयले झुटो विवरण पेस गर्ने गरेकाले दुई विद्यालयलाई कारबाही गर्न लागिएको बताइएको छ । जिल्ला शिक्षा कार्यालय झापाले अनुमति बिना र अनुमति लिएर पनि कक्षा सञ्चालन नगर्ने विद्यालयलाई समेत कारबाही गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप