Update : १५ घण्टा बितिसक्दा पनि उद्योगपति केडियाको अवस्था अझै अज्ञात
वीरगन्ज – केडिया अर्गनाइजेशनका संचालक तथा उद्योगपति सुरेश केडियाको अपहरण भएको १५ घण्टा बित्दासमेत प्रहरीले उनको कुनै पनि अतोपतो अगाउन सकेको छैन । रौतहटबाट वीरगन्ज आउने क्रम्मा विहिबार सांझ बाराको वरियारपुर गाविस नजिकैबाट अपहरणमा परेका उद्योगपति केडियाको खोजतलासमा प्रहरीले भारतसँग जोडिएका बाराको सीमाक्षेत्रमा चेकजाँच तीब्र पारे पनि कुनै उपलब्धि हात पार्न सकेको छैन । केडिया अर्गनाइजेशनका अध्यक्ष हिरालाल केडियाका पुत्र र राजहंश खाद्य उद्योगका सञ्चालकसमेत रहेका सुरेश केडियाका परिवारजनसँग सोधपुछ र फोन धम्कीबारे जानकारी लिने काम प्रहरीले गरेको छ भने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक विनोद शर्माको नेतृत्वमा छानबिन टोली गठन गरिएको बाराका प्रहरी उपरिक्षक नरेन्द्र प्रसाद उप्रेतिले जानकारी दिए । उनले अपहरित उद्योगपति केडियाको उद्धारका लागि भारतीय सुरक्षाकर्मीहरुसँग समन्वय गरिएको बताए । उद्योगपति केडियोको अपहरण पछि वीरगन्जका उद्योगि व्यापारीहरुमा ठूलो त्राशको वातावरण उत्पन्न भएको छ । भारतीय अपराधीहरुले विगतका दिनमा वीरगन्जका उद्योगपतिहरुलाई अपहरण गरी करोडौं रुपैयाँ फिरौति लिएका थिए र केडियाको अपहरणपछि पूरानै आपराधिक समूह सक्रिय भएको आशंका प्रहरीले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण