बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

शिक्षक–शिक्षिका बेपत्ता भएपछि दाङको विद्यालयको पठनपाठन ठप्प

शुक्रबार, १४ जेठ २०७३, ०७ : ३४
शुक्रबार, १४ जेठ २०७३
तुलसीपुर – दाङको एक प्राथमिक विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक र शिक्षिका सम्पर्कविहिन भएपछि विद्यालयको पठनपाठन अस्तव्यस्त भएको विद्यालयले बताएको छ । तुलसीपुर नगरपालिका वडा नं.१६ लामिदमारमा रहेको जनज्योति प्राथमिक विद्यालयका विवाहित शिक्षक र शिक्षिका एक हप्तादेखि कुनै जानकारी बिना एकाएक विद्यालयबाट सम्पर्कविहिन हुँदा विद्यालयमा पठनपाठनमा समस्या भएको हो । दुई शिक्षक एक हप्ता सम्म लगातार अनुपस्थित हुँदा विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको विहिबार लामिदमारमा आकस्मिक बसेको बैठकले जिल्ला शिक्षा कार्यालयबाट कुनै निर्देशन नहुदा सम्म वैकल्पिक शिक्षकको व्यवस्था गरी स्वंयक सेवकका रुपमा पठनपाठन सुचारु गर्ने निर्णय गरेको विद्यालयले बताएको छ । केहि सयम अघिदेखी विद्यालयमा अध्यापन गराउदै आईरहेका शिक्षक बासु केसी र शिक्षिका सिर्जना गिरी झन्डै एक हप्तादेखि सम्पर्क विहिन भएपछि अव दुवै जना शिक्षकलाइ कुनै पनि बाहानामा पठनपाठनमा समावेश नगराउने निर्णय समेत गरिएको छ । शिशु कक्षादेखि पाँच कक्षा सम्म संचालनमा रहेको विद्यालयमा अहिले प्रधानाध्यापक र एक शिक्षिका, परिचर गरी तीन जना कार्यरत रहेका छन् । उता जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले विद्यालयको जानकारी विना कुनै पनि शिक्षक अनुपस्थिति भए विद्यालय व्यवस्थापन समितिले कारवाहि गर्न सक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप