बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पत्रकार रावललाई पितृशोक

शुक्रबार, १४ जेठ २०७३, ०६ : २१
शुक्रबार, १४ जेठ २०७३

काठमाडौं - क्रान्तिकारी पत्रकार संगठन नेपालका उपाध्यक्ष दीपेन्द्र रावललाई पितृशोक परेको छ । उपाध्यक्ष एवं पत्रकार रावलको ८४ वर्षीय बुबा बजिर सिंह रावलको बिहीबार राति ११ः४५ बजे पुल्लेतोला–६, अछामस्थित घरमा निधन भएको थियो । एक महिनादेखि ज्वरोले च्यापिएको र उपचारपछि घरमै रेखदेख गरिरहेको अवस्थामा हिजो राति असमायिक निधन भएको परिवारले बताएको छ । क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रभात चलाउनेले एक प्रेस विज्ञप्ति जारी गर्दै असमायिक निधनप्रति दुःख व्यक्त गरेका छन् । ‘हाम्रो क्रान्तिकारी पत्रकार संगठन नेपालका उपाध्यक्ष दीपेन्द्र रावलको पिता बजिर सिंह रावलको बिहीबार राति भएको असमायिक निधनप्रति दुःख व्यक्त गर्दछौं, साथै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्दछ’ शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ । त्यस्तै संवाद डबलीका सचिव धनञ्जय बुढाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संवाद डबलीका अध्यक्ष दीपेन्द्र रावलका पिता बजिर सिंह रावलको असमायिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । त्यस्तै क्रान्तिकारी पत्रकार संगठन नेपालका काठमाडौं जिल्ला शाखाका अध्यक्ष सागर लामाले पनि एक प्रेस विज्ञप्ति जारी गर्दै सगंठनका केन्द्रीय उपाध्यक्ष एवं पत्रकार दीपेन्द्र रावलको बुबा बजिरसिंह रावलको निधनको खबरले संगठन परिवार स्तब्ध भएको जनाएको छ । साथै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोककुल परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । मृतक रावलका चार छोरा, सात छोरी र दुई श्रीमती छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप