दुर्घटनामा दुईको मृत्यु
शुक्रबार, १४ जेठ २०७३, ०८ : २७
झापा - झापाको विर्तामोड–भद्रपुर सडकखण्डमा पर्ने भद्रपुर बसपार्क नजिकै आज बिहान मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाहुनडाँगी– २ निवासी रोशन पोखरेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । विर्तामोडबाट भद्रपुर तर्फ जाँदै गरेको मे४प ८६८२ नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिएको र उनको उपचारका क्रममा बिएन्डसी हस्पिटलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले बताए ।
बालकलाई दुई दिनअघि उक्त मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता बिहीबार साँझ झापाको शनिश्चरेमा भएको मोटरसाइकल दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा शनिअर्जुन नगरपालिका– ८ कालिस्थान निवासी २० वर्षीया उषा रिजाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
बा७३प ६३० नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको र उपचारका लागि विर्तामोडस्थित विएन्डसी हस्पिटल पु¥याइए पनि उपचारकै क्रममा राति मृत्यु भएको बताइएको छ ।
चालक र सवारीलाई आज बिहान नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक जनार्दन घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण