सरकारले स्थानीय निर्वाचन गराउन सक्दैन–यादव
काठमाडौँ -सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानले विभेदमा परेका वर्ग तथा समुदायका साथै मधेसी, आदिवासी जनजातिलाई सामाजिक न्याय दिन नसकेको बताएका छन्।
पार्टी निकट नेपाल बौद्धिक पेसाकर्मी महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले राज्यको पुनःसंरचना गर्दा पहिचान र सामथ्र्यका आधारमा गर्नुपर्नेमा त्यसो हुन नसकेको र अहिलेको संविधानले अन्तरिम संविधानमा जनतालाई उपलब्ध गराइएका अधिकार कटौती गरेको आरोप लगाए ।
अध्यक्ष यादवले मुलुकमा स्वायत्त शासन र पहिचान स्थापित नभए सङ्घीयताले गति लिन नसक्ने बताउँदै स्थानीय निकायको निर्वाचन प्रदेश सभाले गराउनुपर्ने विचार व्यक्त गरे ।
उनले समानुपातिक प्रणाली भएका कारण अहिले संसद्मा पिछडिएका वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत समुदाय, महिलालगायतको प्रतिनिधित्व भएको बताउँदै नयाँ संविधानमा समावेशिता घटाइएकामा चिन्ता व्यक्त गरे ।
अध्यक्ष यादवले नेपालमा विगतमा वेस्ट मिनिस्टर मोडेल प्रयोग गरिएकामा असफल भएको विचार व्यक्त गर्दै संविधान जारी भएपछि दुई वर्षसम्म सरकारको विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाइने तथा संसद् भङ्ग गर्न नसक्ने जस्ता नियमले लोकतन्त्रको उपहास गरेकाले संविधानको पुनःलेखन गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिना अवरोध सञ्चार गृहले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाउनुपर्नेमा प्रलाेपाकाे जोड
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण