'नो ट्राफिक जाम' : फुटपाथमा नयाँ शक्तिको जुलुस !
आइतबार, ३० जेठ २०७३, १२ : १६
काठमाडौं – नयाँ शक्ति नेपालले आज राजधानीमा १ लाख मानिस उतार्ने दाबी गर्दै आफूहरुले गर्ने र्यालीले सडक आवागमन अबरुद्ध नगर्ने प्रतिबद्धता जनाएको थियो । त्यसैअनुरुप आज नयाँ शक्तिले प्रतिबद्धतालाई पूरा गर्दै फुटपाथबाट र्यालीको आयोजना गरेको छ ।
ट्राफिक व्यवस्थापनका लागि नयाँ शक्तिले पूर्वट्राफिक प्रहरी प्रमुख गणेश राईलाई संयोजन गर्ने जिम्मा दिएको छ ।
अन्य दलहरुले सडकको बीचबाट र्याली गर्दै राजधानीमा ट्राफिक जाम हुने गर्दथ्यो ।
नयाँ शक्तिले राजधानीका विभिन्न स्थानबाट र्यावलीको आयोजना गरेको छ । कुपण्डोल, बबरमहल, कालिमाटी र रत्नपार्कबाट निस्कने जुलुस दशरथ रंगशालामा पुगेर सभामा परिणत हुनेछ ।बिजुलीबजारबाट महेन्द्र पासवान, रत्नपार्कबाट पासाङ शेर्पा, कुपन्डोलबाट हिसिला यमी र कालीमाटीबाट वामदेव क्षेत्रीको नेतृत्वमा र्याली निकालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण